विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंक लिमिटेडले पर्यटन व्यवसायी महिला संघ (टेवान) सँग सम्झौता गरेको छ । बैंकले महिला तथा युवाहरुमा क्यूआर कोड र डिजिटल उत्पादन प्रवर्द्धनका लागि पोखराको चैत ७ गते (सोमबार) सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैंकका तर्फबाट अधिकृत सुजित कुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले हस्ताक्षर गरे । वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल साधनहरू मार्फत महिलाहरूलाई पर्यटन उद्यम सञ्चालन गर्न तथा डिजिटल माध्यमको प्रवर्द्धन गर्न सहज हुने शाक्यले बताए । उनका अनुसार डिजिटल माध्यमहरुले बैंकिङ क्षेत्रमा दिगो विकासका कार्यका लागि सहज हुन्छ । 

बैंकले टेवानलाई रोजेकोमा खुशी व्यक्त गर्दै थापाले व्यावसायीक प्रवद्र्धनमा बैंकसँग हातेमालो गर्दै अघि बढ्ने बताए । सम्झौता कार्यक्रममा सहभागी भएका केही महिला उद्यमीलाई नबिल क्यूआर कोड हस्तान्तरण गरिएको थियो ।

टेवान पर्यटन व्यवसायमा संलग्न सबै सक्रिय महिला उद्यमीहरूलाई समूहबद्ध गर्ने र पर्यटन विकासको लागि लैङ्गिक समानता र महिला सशक्तीकरणलाई संस्थागत गर्न मद्दत गर्ने एक गैर–नाफामुलक सार्वजनिक सामाजिक संस्था हो । जसमा, कास्की जिल्लाका विभिन्न पर्यटन क्षेत्रका २ सयभन्दा बढी महिला उद्यमी आबद्ध रहेका छन् ।

बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित ‘क्यूआर–कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन’ परियोजना अन्तर्गत बैंकले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस परियोजना अन्तर्गत बैंकले देशभर कम्तीमा ७ वटा (एउटा प्रदेशमा न्यूनतम एउटा) वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit