विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सर्लाही । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ मा अवस्थित श्री अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रम बिच विद्यार्थीहरुलाई स्कुल ब्याग र व्वाटर डिस्पेन्सर वितरण गरेको छ । बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा सहयोग पुर्‍याउने आफ्नो प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरेको हो ।

बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँच पुर्‍याउन सहयोग गर्ने लक्ष्य राखेको छ । यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृड बनाउनुका साथै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा लालबन्दी वडा–५ का वडाध्यक्ष रामप्रसाद ढुंगेलको प्रमुख आतिथ्य रहेको थियो । उनले एनएमबि बैंकको यस पहलको प्रशंसा गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । त्यस्तै, एनएमबि बैंकका तर्फबाट मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखाका प्रबन्धक अरुण आचार्यको विशेष उपस्थिति रहेको थियो । उहाँहरूले बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । एनएमबि बैंकले भविष्यमा पनि समाज र राष्ट्रको हितका लागि यस्तै रचनात्मक र सामाजिक रूपमा जिम्मेवार कार्यक्रमहरू सञ्चालन गर्ने बताएको छ  ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३