विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँमा निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना निर्माण गर्न ठेक्का सम्झौता भएको छ । पहिलो ठेक्का तोडिएपछि सोमबार दोस्रो पटक ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो ।

नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रो पावर कम्पनी र सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जेभीबीच सम्झौता भएको हो । सम्झौतामा कम्पनीकोतर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिके र ठेक्का सोङ्ग दा–कालिका जेभीकातर्फबाट आधिकारिक प्रतिनिधि बिक्रम पाण्डेले हस्ताक्षर गरे ।

कम्पनीसँग १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल र मूल्य अभिबृद्धि करबाहेक) मा आयोजनाको बाँध क्षेत्रका सबै संरचना निर्माण गरेर हस्तान्तरण गर्ने गरी सम्झौता भएको हो । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र संरचनाको निर्माण पूरा गर्ने थिकेले बताए । 

कम्पनीले आयोजनाको पहिलो प्याकेज निर्माण कार्यका लागि सिएमसी डि राभेना, इटालीसँग २०७५ असोज १५ मा भएको पहिलो सम्झौता रद्द भएपछि २०७६ बैशाख १२ गते पुनः ठेक्का आह्वान गरेको थियो ।

कम्पनीले ठेक्का आह्वानपछि प्राप्त बोलपत्रमध्ये कुनै प्राविधिकरूपमा सक्षम नदेखिएपछि उक्त प्रक्रिया रद्द गरी एसियाली विकास बैंकको खरिद निर्देशिका अनुसार २०७६ फागुनमा फेरि बोलपत्र आह्वान गरिएको थियो । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका गर्न गरिएको लकडाउन तथा निशेधाज्ञा एवं हवाई उडानमा लगाइएको प्रतिबन्धका कारण पटक–पटक म्याद थप गर्नु परेको थियो ।

ठेक्का प्रक्रियामा ३ वटा अन्तराष्ट्रिय बोलपत्रदाताले आवेदन दिएकोमा प्राविधिक पक्षको मूल्याङ्कन पश्चात २ वटाको आर्थिक बोलपत्र खोलिएको थियो । कम्पनीले आर्थिक बोलपत्रको मूल्याङ्कन पश्चात न्यूनतम मूल्याङ्कित सोङ्ग दा–कालिका जेभीको बोलपत्र स्वीकृत गरी सम्झौता गरेको थिकेले बताए ।  

अहिले दोस्रो प्याकेजअन्तर्गत आयोजनाको सुरुङ, विद्युतगृहलगायत संरचना निर्माणाधीन छन् । आयोजनाको करिब २० प्रतिशत निर्माण पूरा भइसकेको छ । 

दोस्रो प्याकेजका संरचना निर्माणको काम चीनको सिनो हाइड्रो कर्पोरेशनले गरिरहेको छ । सिनो हाइड्रोले आयोजनाको सुरुङ र विद्युतगृह निर्माण, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान एवं सञ्चालन गर्ने गरी ठेक्का पाएको छ ।

सिनो हाइड्रोले आयोजनामा केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युतगृहको जग खन्ने, सर्च ट्यांकतर्फको पहुँच सुरुङ्ग र बाँधमा जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङ्ग निर्माण गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत ३६ किलोमिटर लामो दमौली–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न भारतको केइसी कम्पनीले काम गरिरहेको छ । यो आयोजना २०८० साल चैतभित्र सम्पन्न गर्ने तालिका भए पनि कोरोना महामारीको असरका कारण १ वर्ष धकेलिने थिकेले बताए । अब आयोजनाबाट २०८१ चैतभित्र विद्युत उत्पादन सुरु गरिनेछ ।

आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर ९प्रसारण लाइन, ग्रामीण विद्युतिकरण तथा निर्माण अवधिको व्याजसहित० अनुमान गरिएको छ ।  एडिबी ले १५ करोड अमेरिकी डलर, जाइकाले  १८ करोड ४० लाख डलर, इआइबीले ८ करोड ५० लाख डलर र सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख डलर लगानी गर्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit