विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान सुरु गरेको छ । उनको आँट, साहस, बहादुरी र आत्मविश्वासलाई साथ दिन नबिल बैंकले यो पहल गरेको हो ।

परियारलाई पिडकले एसिडमात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने गरी आक्रमण गर्यो । एसिड आक्रमणबाट बाँच्न सफल उनी अब पीडितको रूपमा नभई बहादुरीका साथ जीवनयापनको पहिचान बनाउन खोजिरहेकी छन् ।

विगतका पीडालाई भुल्न नसके पनि बसन्ती यसविरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रूपमा अघि बढिरहेकी छन् । यो अभियानमार्फत नबिलले मानिसको भित्री रूपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देशसहित सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उद्देश्य राखेको छ । यसबाहेक, बैंकले एसिड आक्रमणका अँध्यारा र उज्याला पक्षहरूलाई उजागर गर्ने प्रयास गरेको छ ।

बैंकले यस अभियानको सुरुवात गर्न बसन्तीलाई चित्रण गर्ने सचेतना मूलक भिडियो पनि तयार गरेको छ । यसै सिलसिलामा बैंकले फागुन २२ गते विभिन्न क्षेत्रका विज्ञहरूलाई सहभागी गराएर एक छलफलको आयोजना गरेको थियो ।

बैंका अनुसार वरिष्ठ सामाजिक अभियान्ता उज्वल थापा, सञ्चारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंह र डा. रोजिना सिल्पाकारसहितको प्यानल छलफलमा एसिड आक्रमण र हाम्रो समाजका विविध पाटाहरूका प्रश्नहरू उठान गरिने छ ।

प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञहरूसँग नेपालमा एसिड आक्रमणविरुद्धका कानुनहरू एसिड आक्रमणका घटनाहरूको विगत÷वर्तमान परिदृश्य, एसिड आक्रमण पीडितहरूका लागि उपलब्ध चिकित्सा हेरचाह÷सहयोग सम्बन्धीविषयमा छलफल भएको थियो ।

एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउँन र एसिड आक्रमणको बारेमाआमजागरूकता बढाउँन यो छलफलले सहयोग पुग्ने विश्वास गरिएको छ । यस्ता खालका छलफलले एसिड अपराधविरुद्ध समाजका सबै सदस्यलाई जागरुक बनाई स्टिरियोटाइपहरू तोड्न मिडियाको भूमिका र योगदानको संभावनाको बारेमा समेत छलफल भएको थियो ।

बसन्ती ‘मोडेलमात्र होइनन्, प्रेरणादायी पात्र हुन्’ भन्ने सन्देशसहितको नबिलको यो अभियानले एसिड आक्रमण जस्ता आपराधको अन्त्यका लागि एक सामूहिक सन्देश दिन खोजेको छ । यो सन्देश मुलक अभियान आगामी दिनमा पनि जारी राख्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit