विद्युत अपडेट

  • प्राधिकरण : ८८५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८०२१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३४१० मे.वा.घन्टा
  • आयात : ७०८६ मे.वा.घन्टा
  • निर्यात : १०८७ मे.वा.घन्टा
  • ट्रिपिङ : १८० मे.वा.घन्टा
  • ऊर्जा माग : ४७५५६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२७३ मे.वा.
२०८३ ब‌ैशाख १०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बाँके । सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसान वर्षमा तीन बाली खेतीतर्फ आकर्षित हुन थालेका छन् । विगतमा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकोमा अहिले सिँचाइको पहुँच बढेपछि किसानले धानपछि आलु वा तोरी र त्यसपछि वसन्ते मकै खेती गर्दै वार्षिक ३ बाली उत्पादन गर्न थालेका हुन् ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार सिँचाइको व्यवस्था भएसँगै किसानको रुचि तीन बाली खेतीतर्फ बढ्दै गएको छ । 'आलु र वसन्ते मकैबाट किसानले राम्रो नगद आम्दानी गरिरहेका छन्,' उनले भने, 'पहिले धानपछि गहुँ खेती गर्ने किसान दुई बालीमा सीमित थिए भने अहिले गहुँको सट्टा आलु वा तोरी खेती गर्ने किसानले त्यसपछि मकै पनि लगाउन थालेका छन् ।'

गहुँको तुलनामा आलु र तोरी छिटो तयार हुने भएकाले त्यसपछि मकै खेती गर्न समय मिल्ने हुँदा तीन बाली सम्भव भएको पाठकले बताए । कृषि ज्ञान केन्द्रले पनि ‘सिँचाइ क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रम’ अन्तर्गत वसन्ते मकै खेतीका लागि बीउ तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।

जिल्लामा हाल बर्खे धान ३३ हजार ७८० हेक्टर, गहुँ २० हजार ८९५ हेक्टर, वसन्ते मकै ३ हजार ५०० हेक्टर, आलु ३ हजार २५० हेक्टर, तोरी ६ हजार ५३० हेक्टर र हिउँदे मकै १३५ हेक्टर क्षेत्रमा खेती हुँदै आएको छ ।

सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी आपूर्ति भएपछि किसानलाई खेती गर्न सहज भएको छ । आयोजनाका निर्देशक राजु आचार्यका अनुसार राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य राखेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म २४ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भइसकेको छ ।

त्यसैगरी, सिँचाइ सुविधा नपुगेका क्षेत्रमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा बोरिङ वितरण गर्दै आएको छ ।

अखिल नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीका अनुसार नियमित सिँचाइ सुविधा सुनिश्चित भएमा किसानले तीन बाली खेतीमार्फत उत्पादन वृद्धि गरी आर्थिक समृद्धि हासिल गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३