विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पाटन पुल्चोक र टेकु पुल्चोक फिडरको विद्युत सेवा बन्द गर्ने भएको छ । प्राधिकरण पुल्चोक वितरण केन्द्रले ट्रान्सफर्मर स्टालेसन (स्थापना) को लागि सेवा बन्द गर्न लागेको हो  ।

फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा नयाँ ट्रान्सफर्मर राख्नु पर्ने भएकोेले सेवा बन्द गर्न लागिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शुक्रबार बिहान ११ बजेदेखि विद्युत सेवा बन्द गरेर ट्रान्सफर्मर स्थापना गर्ने काम गरिनेछ ।

अवरुद्ध सेवा साढे ४ बजेबाट सुचारु हुनेछ । विद्युत सेवा बन्द हुँदा यी दुवै फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ । बानेश्वर वितरण केन्द्रको जोरपाटी फिडर पनि बन्द हुने

शुक्रबार जोरपाटी फिडरको विद्युत सेवा पनि बन्द हुने भएको छ । सुन्दरीजल सडक खण्डमा सडक विस्तारको काम भइरहेकोले सेवा बन्द गर्न लागेको बानेश्वर वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सोही सडक खण्डको विद्युतीय संरचना पनि स्थानान्तरण गरिनेछ ।

सेवा बिहान ७ बजेदेखि ९ बजेसम्म बन्द हुनेछ । विद्युत सेवा बन्द हुँदा यी फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ । तोकिएको समयअगावै काम सम्पन्न भए निर्धारित समय अगावै सेवा सुरु गर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit