images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । शिवश्री हाइड्रो पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७९/८० काे वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले एक वर्षमा विद्युत बिक्री गरी ३५ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ ।

कम्पनीले गत वर्ष विद्युत बिक्री गरी ३५ करोड २० लाख २६ हजार ३ सय रुपैयाँ आम्दानीको गरेको विवरणमा उल्लेख छ । अघिल्लो आवको तुलनामा गत वर्ष कम्पनीको आम्दानी बढेको देखिन्छ । अघिल्लो आवमा कम्पनीले २४ करोड ८६ लाख ९२ हजार ८ सय रुपैयाँ आम्दानी गरेको थियो ।

विद्युत बिक्रीबाट हुने आम्दानी बढे पनि कम्पनी भने घाटमा गएको छ । कम्पनी गत वर्ष ३० करोड ८८ लाख ५३ हजार रुपैयाँ घाटामा थियाे । अघिल्लाे वर्ष  ३६ करोड ३६ लाख ७९ हजार ७ सय रुपैयाँमा घाटामा रहेकाे कम्पनीकाे विवरणमा उल्लेख छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा निर्माण सम्पन्न गरेको २२ मेगावाटको माथिल्लो चाकु–ए जलविद्युत आयोजनाले २०७८ जेठ १ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । २०६९ बाट सुरु भएको आयोजनामा २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प, भारतीय नाकाबन्दी र बर्खामा आउने बाढीका कारण पटक पटक भएकाे प्रभावितलाई पार गर्दै कम्पनीले निर्माण सम्पन्न गरेकाे थियो ।

आयोजनामा सिटिजन्स इन्टरनेशनल बैंकको अगुवाईमा ११ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । सुरुमा ४ अर्ब ४ करोड रुपैयाँमा लागत अनुमान गरिए पनि पटक–पटक प्राकृतिक मारमा परेका कारण लागत केही बढ्न पुगेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit