विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
प्रधानमन्त्रीको चीन भ्रमणः इपान प्रतिनिधि पनि सहभागी हुँदै 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण दलमा सहभागी हुन इपान प्रतिनिधि मण्डल चीन प्रस्थान गरेकोे छ । भ्रमणका दौरान इपानले ऊर्जामा चिनियाँ लगानीदेखि विद्युत व्यापारसम्मका विषयमा छलफल गर्ने जनाएको छ । 

असोज ६ देखि १३ गतेसम्म हुने प्रधानमन्त्रीको चीन भ्रमणमा इपानबाट अध्यक्ष गणेश कार्की र उपाध्यक्ष रामप्रसाद आचार्य चीन प्रस्थान भएका छन् । उनीहरुलाई वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, महासचिव बलराम खतिवडा, उपाध्यक्ष आनन्द चौधरी र उत्तम भ्लोन लामाले औपचारिक रुपमा बिदाइ गरेका छन् ।

नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानीको खाँचो रहेकोले चीन भ्रमणका क्रममा इप्पानले चिनियाँ लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्ने अध्यक्ष कार्कीले बताए । उनका अनुसार निजी क्षेत्रबाट चीनमा विद्युत व्यापारका लागि छलफल गरिनेछ । 

नेपाल र चीन बीच विद्युत व्यापारका लागि अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई जोड दिन इपानले प्रधानमन्त्रीलाई आग्रह गर्नेछ । 

‘नेपाल सरकारले १२ वर्षभित्र २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य सहित ऊर्जा विकास मार्ग चित्र २०३५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ,’ अध्यक्ष कार्कीले भने, ‘यो क्षमतामा विद्युत उत्पादन गर्न धेरै ठूलो लगानीको खाँचो पर्ने छ । त्यसैले इपानले नेपालमा चिनियाँ सहित उनीहरुको सम्पर्कमार्फत आउन सक्ने सम्भावित लगानीका लागि पनि चिनियाँ पक्षसँग छलफल गर्ने छ ।’

भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरू, व्यापारिक समुदायबाट इपानसँगै अन्य निजी क्षेत्रको प्रतिनिधित्व गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी छन् । प्रधानमन्त्री दाहालसँगै उनको सचिवालयका सदस्यहरू भने अमेरिकाबाटै चीन प्रस्थान भएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit