विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ताप्लेजुङ जिल्लाको फक्तात्तलुङ गाउँपालिकामा अवस्थित ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत् आयोजनामा डिजाइन परिवर्तन हुने भएको छ । सिम्बुवा रेमिट हाइड्रो लिमिटेडले अघि बढाएको आयोजनाकाे डिजाइन परिवर्तन गर्न लागिएको हो ।

आयोजनाको स्वीकृत वतावारण प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भएको भन्दा फरक संरचना निर्माण गर्नुपर्ने भएकोले डिजाइन पविर्तन गर्न लागिएको कम्पनीले जनाएको छ । 

प्रस्तावित आयोजना रन अफ रिभर प्रकारको आयोजना हो । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट २०७७ फागनु १९ गते नै स्वीकृत भइसकेको थियो । स्वीकृति वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भएको भन्दा विभिन्न अव्यहरू जस्तै, हेडकवक्स, अडिट ६ वटा, पहुँचमार्ग, शिविर क्षेत्र, मक विर्सजन क्षेत्र, उत्खनन क्षेत्र, पेनस्टक फ्याब्रिकेशन भण्डारण क्षेत्र र क्षेत्रफलमा फरक भएकोले पूरक वातावरण प्रभाव मूल्याङकन तयार गरिएको कम्पनीले जनाएको छ । प्रस्तावित आयोजना कन्चनजङगा संरक्षण क्षेत्रभित्र पर्दछ ।

स्वीकृत इआइएमा जलाधार क्षेत्र २४६ भएकोमा अहिले २४५.१७ वर्ग किलोमिटर रहनेछ । यसैगरी, ग्रस हेड ८८८.८६ भएकोमा बढाएर ९०१.५ मिटर पुग्नेछ । बाँधको लम्बाई पनि १७ बाट २५ मिटर पुग्नेछ ।

यसैगरी, इन्टेकको आकार, हेडरेस टनेलको लम्बाई, सर्ज ट्यांक, विद्युतगृहको आकार, टेलरेल टनेलको लम्बाई, पहुँचमार्गको संरचना परिवर्तन हुने भएको छ । यसैगरी, कटान गरिने रुखको संख्या, आयोजना प्रभावित घरधुरी संख्या पनि परिवर्तन हुने भएको छ ।

आयोजनाको डिजाइन परिवर्तन भएकोले कम्पनीले पुरक वातावरणीय अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन तयार गर्ने क्रममा सर्वसाधारण, व्यक्ति वा संस्थाको राय सुझाव आवश्यक भएमा मन्त्रालयले सूचना प्रकाशित गरेको ७ दिन भित्र आफ्नो राय/सुझाव पेश गर्न आग्रह पनि गरेको छ ।

आयोजनाको सबै काम पूरा गरेर सन् २०२७ जुलाई १५ देखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजना पूरा भएपछि ३७८.९६ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

उत्पादन भएको विद्युत ३.२ किलोमिटर दुरीमा रहेको घुन्सा खोला जलविद्युत् आयोजनाको स्वीचयार्डमा पुर्‍याएर त्यहाँबाट २२० केभी डबल सर्किट लाइनमार्फत  नेपाल विद्युत प्राधिकरणको ताप्लेजुङ जिल्लामा रहेको ढुङगेसाँघु सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit