विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं  । सुपर मादी हाइड्रो पावर लिमिटेडको सेयरमा माग भन्दा बढी आवेदन परेपछि कम्पनीले सेयर निष्कासन बिक्री बन्द गर्ने भएको छ । कम्पनीले स्थानीयका लागि गत मंसिर २० गतेदेखि खुल्ला गरेको सेयर आवेदन आज बिहीबार साझ ५ बजेबाट बन्द लागेको हो । 

सय रुपैयाँ अंकित १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर १ र २ का स्थानीयका लागि ३ लाख १५ हजार कित्ता  र अन्य वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ तथा पोखरा महानगरपालिकाको वडा नम्बर २६, २७ र २८ का स्थानीयका लागि ७ लाख ३५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले स्थानीयका लागि ढिलोमा पुस २० गते सम्म आवेदन अवधि तोके पनि माग भन्दा बढी आवेदन परेकोले आज (पुस ७ गते) साझ ५ बजेदेखि निष्कासन तथा बिक्री बन्द गर्न लागेकोे हो ।  

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit