विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मिनिबसबाट पनौती–काठमाडौँ रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट विद्युतीय माइक्रो बस (इभी) बाट सेवा दिन थालेको छ । यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तीनकुने हुँदै पुनः खोपासी र शंखु फर्कने गरी दुई वटा नयाँ रुट कायम गरिएको छ ।

कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजुले मानेश्वरी पार्कमा विद्युतीय माइक्रो बस सेवाको औपचारिक रूपमा उद्घाटन गरेका हुन् । ‘हामीले गत कात्तिक मै कम्पनी मातहत रहेर विसद्युतीय माइक्रो सेवा सुरु गर्न चाहने व्यक्ति र कम्पनीलाई आह्वान गरेका थियौंँ । सोही अनुरुप हाल ५ वटा इभी माइक्रो समावेश भएको छ । अरु थप हुँदैछ’, सैंजुले थपे ।

हाललाई खोपासीबाट ५ वटा र शंखुबाट ५ वटा गरी १० वटा इभी माइक्रोको सेवा सुरु हुने र यसको प्रभावकारिताका आधारमा ५ वटा इभी माइक्रो थप सञ्चालन गर्ने योजना पनि उनले सुनाए ।

हाल खोपासीबाट ११ सिट क्षमताको र शंखुबाट १४ सिट क्षमताको माइक्रो इभी सञ्चालन हुँदैछ ।

काभ्रे पुण्यवती यातायात कम्पनीले पर्यावरण र प्रविधि र यात्रुका जनघनत्वलाई समेत ध्यानमा राखेर इभी माइक्रो सञ्चालन गर्न लागेको उल्लेख गरेको छ ।

सैंजुले भने, ‘हाम्रो कम्पनीले बस तथा मिनिबसबाट सेवा दिइरहेका केही ग्रामीणभेगमा जनघनत्वको कमीले गर्दा ठुलो बस सञ्चालन गर्नमा कठिनाई हुँदै आएको थियो । यही अवस्थालाई ध्यानमा राख्नै यात्रुलाई छिटोछरितो सेवा दिनका लागि थोरै सिट भएका विद्युतीय माइक्रो बसबाट सेवा थालिएको हो ।’

स्थापनाकालमा काभ्रे मिनिबस सेवा समितिका रूपमा २०३४ सालमा दर्ता भई हालसम्म डिजेलबाट सञ्चालित बस तथा मिनिबस सञ्चालन गरिरहेको हालको काभ्रे पुण्यवती यातायात प्रालि नै काभ्रेपलाञ्चोक जिल्लामा विद्युतीय माइक्रो बस सञ्चालन गर्ने पहिलो कम्पनी बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३