विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । परासी अर्थात् सुस्ता पश्चिममा दुई वर्षदेखि सिमेन्ट उत्पादन गरिरहेको होङ्सी सिमेन्ट कारखानाका लागि नेपाल विद्युत् प्राधिकरणले करिब ३० मेगावाटको लोड स्वीकृत गरेको छ । बुधबार (बैशाख ८ गते) को कार्यकारी निर्देशकस्तरीय निर्णयले यस्तो निर्णय गरेको हो ।

प्राधिकरणले बर्दघाटबाट सर्दी हुँदै सिमेन्ट कारखानासम्म जाने १३२ केभी प्रसारण लाइनमा ३१.५ एमभिएको लोड स्वीकृत गरेको जानकारी दिएको छ । प्रसारण लाइन निर्माणमा ठेकेदारको लापरबाही र केही ठाउँमा स्थानीयको विवादका कारण प्राधिकरणले अहिलेसम्म कारखानासम्म विद्युत् पुर्याउन सकेको छैन ।

निरन्तर कारखाना सञ्चालन गरिरहन करिब ५० मेगावाट विद्युत् आवश्यक पर्ने कम्पनीको दाबी रहँदै आएको छ । चिनियाँ र केही हिस्सा नेपाली लगानीमा स्थापना भएको उद्योगले २०७५ असारदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । कारखानालाई आवश्यक पर्ने भनिएको ५० मेगावाटमध्ये १२ मेगावाट आफैंले उत्पादन गरेर प्रयोग गरिरहेको छ ।

बर्दघाट सबस्टेसनबाट होङ्सी सिमेन्टसम्म करिब २० किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेमा बीचबीचमा स्थानीयको अवरोध हुँदा समयमा काम हुन नसकेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘लोड स्वीकृत भइसकेको छ, उता स्थानीय समस्या पनि समाधान हुँदैछ,’ उनले ऊर्जा खबरसँग भने, ‘यही महिनाको अन्त्यसम्म लाइन तयार हुन्छ ।’

उद्योगमा विद्युत् पुर्याउन २०७३ बैशाखदेखि निर्माण सुरु गरिएको १३२ केभी बर्दघाट–सर्दी डबल सर्किट प्रसारण लाइनको निर्माण अहिले अन्तिम चरणमा छ । २० किलोमिटर क्षेत्रमा ६७ वटा टावर निर्माण गरिनेछ । निजी जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा अधिग्रहण लगायतका समस्याले समयमै काम पूरा गर्न नसकिएको प्राधिकरणको भनाइ छ ।

प्रसारण लाइन र सबस्टेसनसमेत गरी ५० करोड रुपैयाँमा निर्माण पूरा गर्ने गरी मुडभरी एन्ड जोशीलाई ठेक्का दिइएको छ । ठेकेदारको लापरबाहीले पनि काम पूरा गर्न समय लागेको प्राधिकरणको तर्क छ । यो डबल सर्किट लाइनको एउटाबाट होङ्सी र अर्कोबाट स्थानीयलाई विद्युत् उपलब्ध गराउने योजना छ ।

कम्पनीले अहिले सिमेन्ट उत्पादनको क्रममा उद्योगको भट्टीमा जम्मा हुने तापको उपयोग गरी १२ मेगावाट विद्युत् उत्पादन गरी उपयोग गरिरहेको छ । दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने कम्पनीमा बैंक अफ चाइना र चाइना मिङसेङ बैंकको जमानतमा नेपालका ७ बैंकले ७ वर्षका लागि १६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । ऋण लगानीको अगुवाई भने एनएमबी बैंकले गरेको छ । कम्पनीमा ६० प्रतिशत चिनियाँ, ३० प्रतिशत नेपाल र १० प्रतिशत सर्वसाधारणको लगानी छ ।

कम्पनीमा एनएमबी सहित नेपाल इन्भेष्टमेन्ट, प्रभू, एभरेष्ट र नेपाल एसबिआई बैंकले क्रमशः ६ अर्ब ७५ करोड, ४ अर्ब, ३ अर्ब, १ अर्ब २५ करोड र १ अर्ब रुपैयाँ लगानी भएको छ । लगानी बोर्डले चिनियाँ कम्पनीलाई नेपालमा लगानी गर्न सहजीकरण गरेको हो ।

लगानी बोर्ड र चिनियाँ कम्पनीबीच २०७४ भदौ १८ गते परियोजना लगानी सम्झौता ९पिआइए० भएको थियो । ३६ करोड ९१ लाख अमेरिकी डलर लागतमा निर्माण भएको यो देशकै ठूलो सिमेन्ट उद्योग हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit