विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय विद्युत माग र आपूर्ति बीच सन्तुलन मिलाउन नसकेपछि औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु गरेको छ । पूर्वका औद्योगिक क्षेत्रमा ४/५ वर्ष अगाडि जस्तै लोडसेडिङ विकराल बन्दै गएपछि आन्दोलनमा उत्रिएका छन् ।

प्राधिकरणले भने यो समस्या अल्पकालीन रहेको आश्वस्त पार्दै माग र आपूर्ति बीच सन्तुलन मिलाउन नसकेको स्वीकारेको छ । आइतबार (बैशाख १० गते) पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १०/१५ दिनमा समस्या समाधान हुने दाबी गरेका छन् । पूर्वका उद्योगले आइतबारदेखि आन्दोलन सुरु गरेपछि त्यसलाई थामथुम पार्न सुनसरी–मोरङ औद्योगिक कोरिडोरलगायत क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन रहेको घिसिङले प्रस्ट्याए ।

विना जानकारी उद्योगहरूको विद्युत आपूर्ति कटौती गरिएको गुनासो आएपछि घिसिङले अल्पकालीन समस्या रहेकोले दुई साताभित्र समस्या समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरूलाई आग्रह गरे ।

यो वर्ष हिउँ÷पानी नपरेर सुख्खायाम लम्बिंदा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरूको विद्युत उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको बताए । ‘धनुषाको ढक्केबर सबस्टेसनबाट थप विद्युत पूर्वतर्फ पठाउन लाइनले धानेको छैन’, उनले भने, ‘सप्तरीको रुपनी सबस्टेसनको बे्रकर चुँडिएको र कटैया–कुशहवा १३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा माग अनुसार आपूर्ति गर्न समस्या भएको हो ।’

ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत आयोजनाहरूको जडित क्षमता करिब २०० मेगावाट भएता अहिले करिब ३० मेगावाट मात्र विद्युत उत्पादन भई काबेली कोरिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ । तर, एक दुई दिनदेखि ती आयोजनाहरूबाट विद्युत उत्पादन बढ्दै गएकोले उद्योगहरूलाई अहिले नियमित विद्युत आपूर्ति भइरहेको उनले बताए ।

 ‘सुनसरी मोरङ ओद्योगिक कोरिडोरका उद्योगहरूलाई विद्युत काटेका छैनौं, लाइटिङ लोडमा मात्र चलाउनु भनेका थियौं’, उनले भने, ‘काबेली कोरिडोरमा उत्पादन बढ्नासाथ उद्योगहरूलाई विद्युत आपूर्ति दिन सुरु गरिसकेका छौं, अहिले देखिएको अल्पकालीन समस्या हो, ठूलो समस्या हैन ।’

‘अब १०/१५ दिनमा पूर्व मनसुन सुरु भएसँगै खोलानालामा पानीको वहाब बढेपछि विद्युत उत्पादन वृद्धि हुन्छ, त्यसपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत जेठको पहिलो साताबाट भारततर्फ निर्यात सुरु गर्ने पनि घिसिङले बताए । ‘यस वर्ष करिब १२०० मेगावाट विद्युत निर्यात हुने अनुमान गरेका छौं, निर्यात अनुमतिको स्वीकृतिका लागि भारतीय निकायहरूमा आयोजनाहरूको सूची पठाइसकेका छौं’ उनले भने ।

अहिले प्रणालीमा विद्युतको उच्चतम माग १७५० मेगावाट पुगेको छ । औसत १३०० मेगावाट र आधार १२७५ मेगावाट रहेको छ । तराईमा गर्मी बढ्दा खेतमा सिंचाइको लोड अत्याधिक बढेको छ । झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र विद्युत माग ८० मेगावाट पुगेको छ । प्राधिकरणले कुलेखानी जलाशयलाई २४ सै घन्टा पूर्ण क्षमतामा चलाएको छ ।

गत वर्षभन्दा यस वर्ष जलविद्युत आयोजनाहरूको जडित क्षमता बढेता पनि पानी÷हिउँ नपर्दा देशभित्रको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको छ । प्राधिकरणका विद्युतगृहहरू बाहेक निजी क्षेत्रका जलविद्युत गृहको विद्युत उत्पादन जडित क्षमताको करिब १४ प्रतिशत मात्र रहेको प्राधिकरणको अनुमान छ ।

अगामी वर्षको गर्मी मौसममा अहिलेको जस्तो समस्या आउन नदिन अहिले ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौंडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टै सम्पन्न गर्ने गरी काम भइरहेको बताए । यी लाइन बनेपछि ढल्केबरबाट पूर्व र पश्चिम विद्युत प्रवाहका लागि प्रसारण लाइनको समस्या नहुने घिसिङको दाबी छ ।

याे पनि पढ्नुहाेस

प्राधिकरणले दैनिक १२ घन्टा विद्युत कटौति गरेपछि उद्योगीहरू आक्रोशित

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit