विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पूर्वाधार क्षेत्रको विकासमा मानव संशाधनको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसमा पनि पूर्वाधारको पूर्वाधार मानिएको ऊर्जा तथा जलविद्युत्मा यसको अझ बढी महत्त्व हुन्छ । यही पक्षलाई मनन् गर्दै कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणको तालिक केन्द्र र चीनको स्टेट ग्रिड टेक्नोलोजी कलेजबीच समझदारी (एमओयू) भएको छ ।

प्राधिकरण इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र स्टेट ग्रिड कर्पोरेशन अफ चाइनाका प्रेसिडेन्डको उपस्थितिमा एमओयू भएको छ । मंगलबार (असार ८ गते) भएको एमओयूमा तालिम केन्द्रका निर्देशक बलराम सिलवाल र स्टेट ग्रिड कलेजका भाइस प्रेसिडेन्टले हस्ताक्षर गरेका थिए ।

ऊर्जा विकासका क्षेत्रमा दुर्व निकायका कर्मचारीको क्षमता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने उपकार्यकारी निर्देशक सिलवालले बताए । ‘दुवै पक्षको सहकार्यमा हुने तालिमले कर्मचारीको क्षमता विकासमा भूमिका त खेल्छ नै, यस क्षेत्रमा भित्रिएका प्राविधिको आदानप्रदान समेत हुनेछ,’ उनले भने ।

एमओयू अनुसार प्राधिकरण अर्थात् नेपालका स्रोत व्यक्ति चीनमा र चिनियाँ स्रोत व्यक्ति नेपालमा आएर तालिम दिने व्यवस्था मिलाइनेछ । यसले चीनमा विकास भइरहेको आधुनिका प्रविधि भित्र्याउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

एमओयू गर्नु पूर्व यो विषय प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यबाट सदर गराएर निर्वतमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शरदसिंह भण्डारीबाट निर्णय गराइएको थियो । सांघाईको जिनानमा करिब १२० हेक्टरमा फैलिएको टेक्नोलोजी कलेज संसारकै ठूलो तालिम केन्द्रको रूपमा रहेको नेपाल–चीन पावर ग्रिड इन्टरकनेन्सन आयोजनाका प्रमुख कोमलनाथ आत्रेयले बताए ।

प्राधिकरणको तालिम केन्द्र भने १० हेक्टरमा मात्र फैलिएको छ । दुवैतर्फको तालिमको अनुगमन तथा निरिक्षण र समन्वयका लागि ३¬–३ सदस्यीय कमिटि गठन गरिएको छ । प्राधिकरणको तर्फबाट कमिटिमा उपकार्यकारी निर्देशक सिलवाल, तालिम केन्द्रका निर्देशक सिलवाल र आत्रेय छन् । यसैगरी स्टेट ग्रिडका पनि ३ सदस्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit