विद्युत अपडेट

  • प्राधिकरण : ८९५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७५६३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२१०२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३६२९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४८ मे.वा.
२०८३ साउन १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले हाइटार–सितलपाटी (अरुण कोरिडोर) ४०० केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले ३५ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

कोशी प्रदेश अन्तर्गत संखुवासभा जिल्लाको मकालु गाउँपालिका–४ मा प्रस्तावित हाइटार सबस्टेसन देखि सोही जिल्लाको चिचिला गाउँपालिका हुँदे खाँदबारी नगरपालिका–१० मा प्रस्तावित सितलपाटी सबस्टेसनसम्म ३५ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लाइन निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ । 

विभागले आयोजना निर्माण तथा सञ्चचालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सरोकारवालासँग राय/सुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र राय/सुझाव पेश गर्न आग्रह गरेको छ ।

३५ किलोमिटर लामो लाइनमा ९८ वटा टावहर खडा गरिनेछ । टावरको उचाई अधिकतम ५१.५५ मिटर तथा टावरहरु बिचको औषत दुरी ४४.४ मिटरसम्म हुने अध्ययनले देखाएको छ । आयोजना निर्माणको लागि कूल १६९.६५६ हेक्टर जमिन आवश्यक पर्नेछ ।

लाइनको काम २४ महिनाभित्र निर्माण सम्पन्ने गर्ने लक्ष्य रहेको कम्पनीले जनाकारी दिएको छ । प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, वायु प्रदुषण आदिद्वारा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३