विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा सहकार्यका लागि बिहीबार (भदौ ९ गते) नेपाल र बंगलादेशबीच ऊर्जा सचिव स्तरीय बैंठक हुने भएको छ । दुई देशबीचको विद्युत व्यापार र जलविद्युत आयोजनाको सहकार्यका लागि गठित समितिले बैंठकको कार्यतालिका तय गरेको हो ।

बैंठकमा सयुक्त लगानी, सहकार्य र ऊर्जा व्यापार लगायत जलविद्युतका विषयमा आपसी सहयोग प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधु प्रसाद भेटुवालले बुधबार बस्ने सहसचिव स्तरीय बैंठकमा छलफल हुने एजेण्डालाई बिहीबारको बैंठकले अनुमोदन गर्ने बताए ।

बैंठकमा विद्युत व्यापारका साथै लगानीका लागि चासो राखेको ६८६ मेगावाटको सुनकोसी–३ जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचाबारे समेत छलफल गरिनेछ । यसको लागि बंगलादेशको प्राविधिक टोलीले मंगलबार (भदौ ७ गते)  प्रस्तावित आयोजनाको स्थलगत भ्रमण गर्दैछ ।

रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लामा निर्माण हुने आयोजनाको सरकारले वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार गरिसकेको छ । प्रतिवेदन अनुसार आयोजना निर्माण सम्पन्न गर्न १ खर्ब ५९ अर्ब ७२ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । आयोजना सन् २०२५ मा निर्माण सुरु गरेर २०३१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसअघि श्रीलंकामा भएको बैंठकमा दुवै देशको दिर्घकालिन उर्जा व्यापारको उपायका रुपमा भारतको सहभागितामा नेपाल–बंगलादेश डेडिकेटेड प्रसारण लाइन निर्माण कार्य अघि बढाउने निर्णय भएको थियो । बंगलादेशले नेपालको विद्युत खरिदका लागि चासो देखाउँदै आएको छ । बंगलादेशले ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजनाको ५ सय मेगावाट विद्युत किन्न प्रस्ताव समेत अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit