विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवा जिल्लाभित्र सञ्चालित विभिन्न सडकखण्डहरूको सञ्चालनको जिम्मा जलविद्युत आयोजनालाई दिइएको छ । जिल्ला विपद व्यवस्थापन समिति, रसुवाको मंगलबार (असार १४ गते) बसेको बैठकले सडक सञ्चालनको जिम्मा ६ जलविद्युत आयोजनालाई दिने निर्णय गरेको हो ।

यस पटक (२०७९) को बर्खा अवधिभर जिल्लाको ८ सडकखण्ड सञ्चालनको जिम्मा ६ जलविद्युत आयोजना र २ गाउँपालिकालाई दिइएको छ । जिम्मा पाएका निकायले वर्षातको समयमा जिल्ला अन्तर्गतका सडकहरू अवरुद्ध भएमा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

बेतावती–मैलुङ–बाह्र घुम्ती सडकखण्डको जिम्मा माथिल्लो मैलुङ जलविद्युत आयोजना र माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाले पाएका छन् । यस्तै, धुन्चे–स्याफ्रुबेशी सडकखण्डको जिम्मा लाङटाङ खोला जलविद्युत आयोजनाले, स्याफ्रुबेशी–कुलुङपुलसम्मकाृे सडकखण्ड सान्जेन जलविद्युत आयोजनाले, कुलुङपुल–रसुवागढी सडकखण्डको जिम्मा रसुवागढी जलविद्युत आयोजनाले पाएका छन ।

स्याफ्रुबेसी–थाम्बुचेत–गत्लाङ सडकखण्डको लाङटाङ भोटेकोसी जलविद्युत आयोजनाले र रुँगा–पाजुङ–तातोपानी सडकखण्डको जिम्मा सान्जेन खोला जलविद्युत आयोजनाले पाएका छन् ।

यस्तै, बेत्रावती–कालीका–राम्चे–ठाँडे–धुन्चे सडकखण्ड कालिका गाउँपालिकाले र बेत्रावती–भोर्ले–पाच्र्याङ–यार्सा सडकखण्ड नौकुण्ड गाउँपालिकाले सञ्चालन गर्नेछ । यी निकायले याे बर्खाकाे समयका ताेकिएकाे सडकमा समस्या आए समाधानकाे व्यवस्था मिलाएर सुचारू गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit