विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जाजरकोटको चौखामा ३३/११ केभी चौखा सबस्टेसनको  निर्माण सुरु गरेको छ । प्राधिकरणले जाजरकोट र डोल्पा जिल्लामा विद्युतीकरण गर्न सबस्टेसनकाे निर्माण सुरु गरेको हो ।

मंसिरकाे सुरुवातदेखि  सबस्टेसन निर्माणको काम अघि बढाइएकाे प्राधिकरण सुर्खेत प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र अग्रहरीले बताए । उनका अनुसार राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत नपुगेको  जाजरकाेट र डाेल्पा जिल्लाको सीमा क्षेत्रमा सेवा विस्तार गर्न नयाँ सबस्टेसनको काम सुरु गरिएको हो ।

‘सबस्टेसनको सिभिल संरचना निर्माणकाे काम सुरु भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘३३/११ केभी क्षमताकाे सबस्टेसन भएकाले अबकाे ८ महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएका छाैं ।’ उनले २०७९ सालकाे असारभित्र सबस्टेसनकाे निर्माण पूरा गरी सञ्चालनमा ल्याउने याेजना रहेकाे बताए ।

सबस्टेसनकाे काम सम्पन्न भइ सञ्चालन भएपछि जाजरकोट र डोल्पाको सीमा क्षाेत्रका बासिन्दाले राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पाउने पनि अग्रहरीले बताए । याे सबस्टेसनमा ३ एमभिएको पावर ट्रान्सफर्मर जडान गरि विद्युतीकरण गरिनेछ । आवश्यक परेमा सबस्टेसनको क्षमता बढाउन पावर ट्रान्सफर्मर थप गर्न सकिने उनले जानकारी दिए । 

सबस्टेसनकाे काम सम्पन्न गरी सञ्चालनमा ल्याउन करिब ९ करोड रुपैयाँ  लागत अनुमान गरिएको छ । यो सबस्टेसन पूरा भएपछि जाजरकोटमै रहेको ३३/११ केभी कुदी सबस्टेसनबाट ११ केभी फिडर यहाँबाट सञ्चालन गरिने प्राधिकरणले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit