विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मोलुङ खोला हाइड्रो पावर कम्पनी लिमिटेड पुस १९ गतेदेखि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ८० करोड मध्येको ४४ प्रतिशत हुन आउने अर्थात ३५ करोड ३१ लाख रकम बराबरको सय रुपैयाँ अंकित ३५ लाख ३१ हजार कित्ता सेयर जारी पुँजीको १० प्रतिशत हुन आउने अर्थात ८ करोड २ लाख ५० हजार रकम बराबरको सय रुपैयाँ अंकित ८ लाख २ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका ओखलढुंगाका स्थानीयका लागि सेयर निष्कासनकाे तयारी गरेकाे हाे।

निष्कासन हुनेमध्ये ५ प्रतिशत मोलुङ गाउँपालिकाका बासिन्दाको लागि, सुकोशी गाउँपालिकाको लागि २.५ प्रतिशत र सिद्धिचरण नगरपालिकाको बासिन्दाको लागि २.५ प्रतिशत सेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बाँकी ३४ प्रतिशत अर्थात २७ करोड २८ लाख ५० हजार रकम बराबरको सय रुपैयाँ अंकित २७ लाख २८ हजार ५ सय कित्ता को १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८ सय ५० कित्ता सेयर वैदेशिक रोजागरीका गएका नेपाली नागरीकको लागि, ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४ सय २५ कित्ता सामुहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ५४ हजार ५ सय ७० कित्ता सेयर कर्मचारीको लागि छुट्याएको छ । 

स्थानीय र वैदेशिक रोजगारीका लागी गएका नेपाली नागरिकले न्यूनत्तम १० कित्तादेखि अधिकतम ८ हजार कित्ता सम्म आवेदन दिन पाउँनेछन् । स्थानीयले छिटोमा माघ ३ गते सम्म र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन पाउनेछन् भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरीकले माघ ३ गतेसम्म मात्र आवेदन दिन पाउँनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको ओखलढुंगामा ७ मेगावाटको मोलुङ खोला जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७४ चैत १२ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit