विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १३, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । दुई कम्पनीबीच भएको नियुक्ति सम्झौता पत्रमा अपर लोहोरे खोलाका प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र एनआइसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अपर लोहोरे खोलाका सेयर धनीलाई १ः१.५ को अनुपातमा (१५० प्रतिशत) प्रतिकित्ता १०० रुपैयाँ अङ्‌कित दरका ७६ लाख ४७ हजार ६० कित्ता सेयरको निष्कासन तथा बिक्री गरिने छ । कम्पनीले दैलेखमा ४ मेगावाटको माथिल्लो लोहोरे खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

एनआइसी एसिया क्यापिटलले हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चरसहित २० वटा कम्पनीको धितोपत्र निष्कासन र ४ वटा कम्पनीको हकप्रद सेयर निष्कासन कार्य सम्पन्न गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३