विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
ऊर्जा खबर–मार्टिन चौतारी सहकार्य

काठमाडौँ । प्राज्ञिक र नीति अनुसन्धान केन्द्रको रूपमा लामो समयदेखि क्रियाशील मार्टिन चौतारी र इनर्जी इन्फर्मेशन सेन्टर प्रालिद्वारा सञ्चालित ऊर्जा खबरको सहकार्यमा ऊर्जा क्षेत्रमा केन्द्रित शृ‌खलाबद्ध छलफल ‘ऊर्जा नीति संवाद’ कार्यक्रमको अवधि १ वर्षका लागि थप गरिएको छ । दुवै संस्थाबीच सोमबार (चैत ११ गते) उक्त कार्यक्रमको नवीकरणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा मार्टिन चौतारीका अध्यक्ष कुमार पाण्डे र ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगीले हस्ताक्षर गरेका छन् ।

सम्झौता २०८२ वैशाख १ गतेदेखि २०८२ चैत अन्तिमसम्मका लागि लागु हुने उक्त सम्झौता अनुसार प्रत्येक अंग्रेजी महिनाको अन्तिम मंगलबार दिउँसो ३ बजेदेखि ऊर्जा क्षेत्रका विभिन्न नीतिगत विषयमा रहेर छलफल हुनेछ । 

सम्झौतामा हस्ताक्षर गरेपछि मार्टिन चौतारीका अध्यक्ष पाण्डेले अघिल्लो १ वर्षको सम्झौता अनुसार हालसम्म भएका ११ वटा संवाद शृङ्खलामा छलफल भएका विषय तथा सहभागीहरूले निकै उत्साहित बनाएको बताए । यस वर्ष प्राप्त सफलताले नै आगामी वर्षसमेत उक्त संवाद शृङ्खलालाई जारी राख्न आफूहरूलाई ऊर्जा प्राप्त भएको उनले बताए । ‘अब अलि फरक आयाममा यस संवादलाई अघि बढाउनु पर्ने आवश्यकता छ,’ उनले भने, ‘त्यसका लागि हामी आपसी सहकार्यमै अघि बढ्ने छौँ ।’

ऊर्जा खबरका सल्लाहार सम्पादक सूर्यप्रसाद अधिकारीले एक वर्षको संवाद शृङ्खलाका सिकाइहरूका आधारमा आगामी वर्षको संवादलाई अझ रोचक र प्रभाविकारी बनाउन सकिने बताए । 

कार्यक्रममा ऊर्जा खबरका सम्पादक वियोगीले मार्टिन चौतारीसँगको सहकार्यमा विगत १ वर्षदेखि अघि बढेको ऊर्जा नीति संवादले सञ्चार कर्ममा लागि परेको एक संस्था र सञ्चारकर्मीलाई हरेक हिसाबले निकै फलदायी सावित भएको बताए । साथै ऊर्जा खबर जस्तो ऊर्जामै समर्पित सञ्चार माध्यममा कार्यरत समाचार कक्षबाहेक अन्य विभागको जिम्मेवारीमा रहेकाहरू तथा यस क्षेत्रका सम्पूर्ण सरोकारवालालाई समेत ऊर्जाबारे बुझ्न सहजता प्रदान गरेको बताए ।

कार्यक्रममा मार्टिन चौतारीका वरिष्ठ अनुसन्धाता प्रत्युष वन्तले विगतको वर्षमा ऊर्जा खबरको सम्वाद शृङ्खला सफल देखिएको र आगामी वर्ष यस किसिमको नीति संवादलाई ऊर्जाको विस्तारित दायराअनुसार अघि बढाउनु पर्ने बताए । सम्झौता अनुसार ‘ऊर्जा नीति संवाद’को पहिला संवाद शृंखला आगामी २०८२ वैशाख १६ गते (२९ अप्रिल, २०२५) का लागि तय भएको छ ।

 याे पनि पढ्नुहाेस्

मार्टिन चौतारी र ऊर्जा खबरबीच ‘ऊर्जा नीति संवाद’ सुरु गर्ने सम्झाैता 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३