विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन तथा निर्माणको तयारीमा रहेको जलविद्युत, प्रसारण लाइनलगायतका पूर्वाधार आयोजनामा खटाउने गरी इआई माभेन प्रालिले विभिन्न रिक्त  पदमा कर्मचारी माग गरेकाे छ । अन्तर्राष्ट्रिय स्तर संस्था (आइओसी) बाट मान्यता प्राप्त इन्जिनियरिङ कन्सल्टले कर्मचारीको माग गरेको हो ।

इन्सपेक्टर अफ वर्क (मेकानिकल), सिभिल इन्जिनियर, ट्रान्समिसन लाइन इन चार्ज, भुवैज्ञानिक र इन्पेक्टर अफ वर्क (ट्रान्समिसन लाइन) को माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इन्पेक्टर अफ वर्क (मेकानिकल) का लागि मेकानिकल इन्जिनियरिङ विषयमा डिप्लोमा गरी हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

सिभिल इन्जिनियरका लागि सिभिल इन्जिनियरिङ विषयमा स्नात्तक तह उत्तीर्ण गरी हाइड्रो पावर क्षेत्रको सिभिल इन्जिनियरिङ क्षेत्रमा कम्तीमा पनि २ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ । साथै, ट्रान्समिसन लाइन इन चार्जका लागि सिभिल इन्जिनियरिङ विषयमा स्नात्तक तह उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा कम्तीमा पनि ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने जनाइएको छ ।

यसैगरी, भूवैज्ञानिकका लागि भूविज्ञान अथवा इन्जिनियरिङ भूविज्ञानमा स्नात्तक तह उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने र इन्सपेक्टर अफ वर्कका लागि सिभिल इन्जिनियरिङ विषयमा स्तात्तक तह उत्तीर्ण गरी सम्बन्धीत क्षेत्रमा कम्तीमा पनि २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ ।

इच्छुक योग्य व्यक्तिले आवेदन दिन सकिनेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नगरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit