images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाको प्रबद्र्धक भुजुङ हाइड्रो पावरले २६.१३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न ३३ केभीे प्रसारण लाइन निर्माण गर्न लागेको हो । 

गण्डकी प्रदेश अन्र्तगत लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका (साविकको भुजुङ गाविस) को वडा नम्बर ४ मा अवस्थित माथिल्लो मिदिम जलविद्युत आयोजनाको स्वीचार्टदेखि सोही जिल्लाको मध्यनेपाल नगरपालिका–६ मा अवस्थित नेपाल विद्युत प्राधिकरणको भोर्लेटार सबस्टेसनसम्म सिङगल सर्किट प्रसारण लाइन निर्माण गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । 

अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीलाई अनुमतिपत्र दिन विभागले ३५ दिने सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ । 

प्रसारण लाइनमा ५०५ वटा पोल हुनेछ । जमिनको सतहबाट पोलको औसत उचाई १० मिटर तथा पोलहरूको दुरी २०.९ देखि ३७३.८६ मिटर हुनेछ । 

आयोजना निर्माणको लागि कुल १८.१५९ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये ०.४५५ हेक्टर पोल जग तथा स्टे–वाइरका लागि, १७.१०४ हेक्टर जग्गा विद्युत मार्गको आधिकारिक क्षेत्रका लागि र ०.६ हेक्टर आयोजनाको सहायक सुविधाको लागि प्रयोग गरिनेछ । 
लाइनको निर्माण ८ महिना भित्र सम्पन्न गरिने लक्ष्य रहेको छ । यो लाइन निर्माण गर्दा भू–क्षय, बाढी, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय असर नपर्ने गरी निर्माण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit