विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, वातावारण तथा सामाजिक अध्ययन विभागले ३ वर्षको अवधिमा ३९ प्रसारण लाइन आयोजनाको अध्ययन गरेको छ । विभिन्न जलविद्युत, प्रवेश मार्ग, सौर्य ऊर्जा, भवनजस्ता आयोजनाको अध्ययन गरिरहेको विभागले यी लाइनको अध्ययन गरेको हो ।

८ आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए), ३१ लाइनको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनहरू सम्बन्धित ऊर्जा मन्त्रालयबाट स्वीकृत भएको विभागले जनाएको छ । ईआइए स्वीकृत भएकाेमा १३२ केभीको कोहलपुर–सुर्खेत, बलाँच–अत्तरिया, बर्दघाट–सर्दि, नयाँ मोदी–लेखनाथ लाइन पर्दछन् । यस्तै, २२० केभी क्षमताको कालिगण्डकी (बुटवल–बर्दघाट) कोरिडोर, हेटौंडा–बर्दघाट र ३३ केभी क्षमताको जगतपुर–माडी प्रसारण लाइन रहेका छन् ।

यस्तै, प्रारम्भिक वातावरण परिक्षण (आइइइ) स्वीकृत भएकाेमा २२० केभी क्षमताका लेखनाथ–दमौलि, बोराङ–नौबिसे, तुम्लिङ्टार–सितलपाटी, त्रिशुली ३ ‘बी’–रातमाटे, कोसी–कोरिडोर, तामाकासी ५ जलविद्युत आयोजनाको लाइन रहेका छन् । यस्तै, ४०० केभी क्षमताको निजगड–पोखरीया लाइनको आइइइ स्वीकृत भएको छ ।

१३२ केभी क्षमताको बलेफी कोरिडोर, डाँडाखेत–राहुघाट, कुशाहा–विराटनगर, घोराही–माडीचौर,  मैनहिया–सम्पत्तिया, ढल्केबर–बालगंगा, लालबन्दी–सलेमपुर, भुमही–हकाइ, अमरपुर–ढुङ्गेसाँघु, परवानीपुर–पोखरिया, गोदक–सोयक, कालीगण्डकी–रिडी, भक्तपुर–ठिमी, सुर्खेत–दैलेख, बाफिकोट–खुङ्ग्री लाइनको आइइइ स्वीकृत भएको विभागले जनाएको छ ।

यस्तै, रुपनी–बोदेबरसाइन, लहान–सुखिपुर, कोहलपुर–नेपालगञ्ज, माथिल्लो मोदी ‘ए’ र माथिल्लो मोदीको लाइन, पथलैया–हर्निया, बुटवल–लुम्बिनी, प्रसौनी–विरगञ्ज, थिमी–बालकुमारी लाइन छन् । र ३३ केभी क्षमताका त्रिशुली ३ ‘बी’ –भाल्चेसम्मको लाइनको आइइइ स्वीकृत भइसकेको छ ।

विभागले अध्ययन गरेका आयोजनामध्ये केही आयोजनाको निर्माण सम्पन्न गरी सञ्चालनमा छन् । बाँकी आयोजनाको निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit