विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । राधी जलविद्युत् कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको संचालक समितको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो । 

जसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.२५ प्रतिशत नगद लाभाशं गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको पुस २९ गते हुने साधारणसभाले पारित गरेपछि उक्त्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले हाल लमजुङ जिल्लामा ४.४ मेगावाटकोे राधी साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

यस्तै, कालिका पावर कम्पनीले पनि लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

यस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.५२६३ प्रतिशत लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पुस २८ गते साधारणसभा पनि आह्वान गरेको छ ।

कालिका पावर कम्पनीले गोरखा जिल्लामा ६.४ मेगावाटको दरौदी साना हाइड्रो इलेक्ट्रिक परियोजना निर्माण सम्पन्न गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit