विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा बैंक नोट स्रेडिङ  एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को सुभारम्भ गरेका छन् । पुराना तथा काम नलाग्ने नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उदेश्यले शुक्रबार आयोजित कार्यक्रममा ‘स्वीच अन’ गरेको बीएसबीएस सुरु गरेका हुन् ।

चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको हो । सो अवसरमा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बिएसबीसको सुरुवात एउटा महत्वपूर्ण उपलब्धि रहेको धारणा राखे।

बिएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको पनि अधिकारीले जानकारी दिए । साथै, बिएसबिएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धि कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा  पुगेको छ ।

मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई  टुक्र्याएर ब्रिकेट तयार गर्दछ । मेसिन दुई खण्डमा रहन्छ । पहिलो खण्डले नोटलाई  टुक्र्याउछ र दोस्रो खण्डले टुक्र्याएको नोटबाट ब्रिकेट बनाउछ । एक पटकमा २ सय केजीसम्म नोट राख्न सकिने मेसिनले प्रतिघन्टा एक सय केजि नोट टुक्र्याउछ । यसरी टुक्र्याएको नोटलाई प्रतिघन्टा २ सय केजीका दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ । यो मेसिन प्रतिवर्ष एक हजार घन्टा प्रयोग गर्न सकिनेछ । 

थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit