विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । केराबारी-न्यू मर्स्याङ्दी १३२ केभी डबल सर्किट  प्रसारण लाइनको अध्ययन चालू आर्थिक वर्षभित्र सकिने भएकाे छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले अघि बढाएकाे प्रसारण लाइनकाे अध्ययन २०७८ असारभित्र सम्पन्न हुन लागेकाे हाे ।

अहिले केराबारी सबस्टेसनदेखि  मार्खीचोक स्थित न्यू–मर्स्याङ्दी सबस्टेसनसम्म पर्ने ३१ किलोमिटर लामो प्रसारण लाइनको अध्ययन भइरहेकाे छ । प्रसारण लाइन अध्ययनकाे काम अन्तिम चरणमा पुगेकाे कम्पनीले जनाएकाे छ । 

दरौदी र चेपे बेसिनका नदी खोलाबाट उत्पादन हुने विद्युत प्रवाह गर्ने उद्देश्यले यो प्रसारण लाइन निर्माण गर्न अध्ययन भइरहेकाे हाे । प्रसारण लाइन अन्तर्गत केराबारीमा १३२/३३ केभीको सबस्टेसन निर्माण हुनेछ ।

अहिलेसम्म प्रसारण लाइनको विस्तृत सर्भेक्षण कार्य सम्पन्न भइसकेको छ । वातावरणीय अध्ययन कार्यको लागि परामर्शदाता चयन गरी  कार्यसूची तयार पारेर विद्युत विकास विभागमा पेश गरिएको छ । आयोजनाको वातावरण अध्ययन असारभित्र सम्पन्न गर्ने योजना रहेको छ । साथै, प्रसारणलाइन निर्माणको बोलपत्र आह्वान पनि असारभित्र गर्ने कम्पनीकाे याेजना छ ।

यस्तै, केराबारी सबस्टेसनको जग्गा प्राप्तिको कार्य भइरहेको छ । सबस्टेसनकाे जग्गा प्राप्तिका लागि जग्गाधनीसँग छलफल भइरहेको र पर्खाल, भवन तथा पहुँच सडक निर्माणको लागि डिजाइन कार्य सकिएको कम्पनीले जनाएको छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माण पूरा गर्न करिब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको काम आर्थिक वर्ष २०७९/८० भित्र पूरा गर्ने लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit