विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले रामेछापमा निर्माणाधीन ५५ मेगावाटको लिुख–२ जलविद्युत आयोजनाको साइट कार्यालयमा स्थानीयहरूले गरेको अवरोधप्रति आपत्ति जनाएको छ ।

ग्लोबल हाइड्रो पावर एसोसियट लिमिटेडद्वारा जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ मा प्रवर्द्धित आयोजनाको विद्युतगृहमा स्थानीयले हुल हुज्जत गर्ने, तालाबन्दी गर्ने र आयोजनाका कर्मचारीहरूलाई तर्साउने लगायतका कार्यप्रति इपानले आपत्ति जनाएको छ ।

आयोजना र सरोकारवालाबीच कुनै पनि असमझदारी भएमा आपसी संवाद र छलफलबाटै समाधान गर्न सकिन इपानले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । ‘आफ्ना माग पूरा गराउन आयोजनालाई गम्भिर क्षति पुर्याउने तथा प्रवद्र्धक र कर्मचारीहरूलाई मानसिक र भौतिक रुपमा डरक्रास पैदा गराउने यस्ता अराजक र उदण्ड गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुनेछ’ विज्ञप्तीमा उल्लेख छ ।

आयोजनाको कार्यस्थलमा हुने गरेको यस्ता घटनालाई निरुत्साहित गर्न सरकारले तत्काल सुरक्षा संयन्त्र निर्माण गर्न र घटनाको विष्पक्ष छानविन गरी दोषीउपकर कानुनी कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit