काठमाडौँ । हरेक साताको शुक्रबार ऊर्जा खबरले प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले ऊर्जा भण्डारण र यसको महत्त्वका विाषयमा जानकारी प्रस्तुत गरेका छौँ । अघिल्लो साता ‘विद्युत् प्रसारण र वितरण लाइन’बारे जानकारी दिएका थियौँ ।
१. ऊर्जा भण्डारण भनेको के हो ?
उत्तर : ऊर्जा भण्डारण भन्नाले कुनै समयमा उत्पादन गरिएको ऊर्जालाई अर्को समयमा प्रयोग गर्न मिल्ने रूपमा रूपान्तरण गर्नु हो । यसले आपूर्ति र मागको सन्तुलनमा सहायता पुर्याउँछ । ग्रिडको विश्वसनीयता बढाउँछ । साथै, सौर्य तथा पवन ऊर्जा जस्ता नवीकरणीय स्रोतहरूको उपयोगमा सहजीकरण गर्दछ ।
२. ऊर्जा भण्डारण प्रविधिहरू के के छन् ?
उत्तर : निम्नानुसारका प्रविधि अपनाएर ऊर्जा भण्डारण गर्न सकिन्छ :
३. ऊर्जा भण्डारण किन महत्त्वपूर्ण छ ?
उत्तर : निम्नानुसारका कारणले ऊर्जा भण्डारण महत्त्वपूर्ण छ :
४. ऊर्जा ब्याकअप भनेको के हो ?
उत्तर : ऊर्जा ब्याकअप भन्नाले विद्युत् आपूर्ति बन्द हुँदा वा मुख्य ग्रिड असफल हुँदा बिजुली उपलब्ध गराउने प्रणाली वा समाधानहरूलाई बुझिन्छ । यस्ता प्रणालीहरू घर, कार्यालय, उद्योग, अस्पताल तथा अन्य अत्यावश्यक पूर्वाधारहरूमा निरन्तर क्रियाकलाप सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण हुन्छन् ।
६. ऊर्जा ब्याकअप प्रणालीका प्रकारहरू के के छन् ?
उत्तर : ऊर्जा ब्याकअपका निम्न प्रकार छन् :
क. ब्याट्री ब्याकअप (इन्भर्टर/सौर्य + ब्याट्री प्रणाली) : यो प्रविधिअन्तर्गतको प्रणालीले राष्ट्रिय ग्रिडमा विद्युत्को अभाव भई कटौती हुने समयमा प्रयोग गर्न बिजुली भण्डारण गरेर राख्दछ । यो घर तथा साना कार्यालयहरूमा सर्वाधिक प्रयोग हुने प्रणाली हो । यो सामान्यतया सौर्य ऊर्जा (सोलार पिभी) प्रणालीसँग जोडिन्छ । यसका लागि लिथियम–आयन र लेड–एसिड प्रकारका ब्याट्री उपयोगी हुन्छन् ।
ख. डिजेल/पेट्रोल जेनेरेटर : यो प्रविधिअन्तर्गत जीवाश्म इन्धन (डिजेल/पेट्रोललगायतका स्रोत) प्रयोग गरेर विद्युत् उत्पादन गरिन्छ । उद्योग, अस्पतालजस्ता भारी लोड ब्याकअपका लागि उपयुक्त हुन्छ । ठूलो आवाज आउने, कार्बन उत्सर्जन भई वायु प्रदूषण गर्ने र इन्धनको खपत बढी भई महँगो पर्न जान्छ ।
ग. अनइन्टरप्टिबल पावर सप्लाई (युपिएस) : यसले कम्प्युटर, राउटर, सर्भर जस्ता संवेदनशील उपकरणहरूका लागि छोटो अवधिको ब्याकअप प्रदान गर्दछ । ग्रिड बन्द हुँदा तुरुन्तै बिजुली आपूर्ति गर्न यो प्रविधि सक्षम हुन्छ ।
घ. हाइब्रिड प्रणालीहरू : सोलार पिभी प्रणाली, ब्याट्री र जेनेरेटर जस्ता फरक प्रणाली संयोजन गरी यो प्रणालीको विकास गर्न सकिन्छ । यो लचिलो तथा लामो अवधिको ब्याकअपका लागि महत्त्वपूर्ण हुन्छ ।
ङ. ग्रिड–सँग आबद्ध ब्याकअप : यो प्रणाली मुख्य ग्रिडसँग आवद्ध हुन्छ र यसमा ब्याट्रीको पनि प्रयोग गरिन्छ । यसमा सामान्य अवस्थामा ब्याट्री चार्ज हुन्छ र विद्युत् कटौती वा अवरोधको समयमा प्रयोग गरिन्छ ।
७. ब्याकअप प्रणाली छनोट गर्दा विचार गर्नुपर्ने मुख्य कुराहरू के के छन् ?
ब्याकअप प्रणाली छनोट गर्दा निम्न कुराहरूमा ध्यान पुर्याउनु पर्छ :
८. नेपालमा ब्याकअप प्रणाली किन आवश्यक छ ?
उत्तर : नेपालले आफ्नो ग्रिड स्थायित्वमा सुधार गरे पनि ग्रामीण क्षेत्रमा अझै पनि विद्युत् अवरोध हुन्छ । पहिरो, बाढीजस्ता प्राकृतिक प्रकोपले आपूर्ति रोक्न सक्छ । यसले विद्युत् आपूर्ति बन्द हुनै नहुने व्यवसाय, दूरसञ्चार, स्वास्थ्योपचार जस्ता क्षेत्रमा प्रभाव पार्न सक्छ । त्यसो हुँदा सातै दिन चौबीसै घण्टा विद्युत् आवश्यक हुने ठाउँमा ब्याकअप प्रणाली अपरिहार्य हुन्छ ।
९. सौर्य विद्युत् र ब्याट्री ब्याकअपले बढ्दो लोकप्रियता पाउनुको कारण के हो ?
उत्तर : पछिल्लो समय सौर्य विद्युत् प्रविधि र ब्याट्रीको लागत घट्दै गएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सरकारले समेत नवीकरणीय ऊर्जालाई प्रोत्साहन गर्दै आएको छ । सफा, शान्त र दीर्घकालीन भरपर्दो ब्याकअप समाधानका कारण यो प्रविधि लोकप्रिय बन्दै गएको छ ।