विद्युत अपडेट

  • प्राधिकरण : ५०४६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९०२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८४५५ मे.वा.घन्टा
  • आयात : ८०८३ मे.वा.घन्टा
  • निर्यात : ३० मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७६३७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१०० मे.वा.
२०८२ फाल्गुण २८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मर्स्याङ्दी जलविद्युत् केन्द्र (६९ मेगावाट) को तीन साता लामो मर्मत–सम्भार कार्य सकिएपछि सञ्चालनमा आएको छ । फागुन २ गतेदेखि आयोजना पूर्ण रूपमा बन्द गरेर आयोजनाका जटिल प्राविधिक तथा सिभिल संरचनाको मर्मत कार्य सुरु गरिएको थियो । 

२१ दिन लामो मर्मत सफलतापूर्वक सम्पन्न भएपछि केन्द्र सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण उत्पादन निर्देशनालयका उप–कार्यकारी निर्देशक मदन तिम्सीनाले जानकारी दिएका छन् । ‘फागु पूर्णिमा/होली र निर्वाचनको  लामो छुट्टीमा समेत अहोरात्र खटिएर वर्षौँदेखि थाती रहेका र निकै चुनौतीपूर्ण मर्मत–सम्भारको कार्य सम्पन्न भएको छ,’ उनले भनेका छन् ।

बाँध क्षेत्रको माथिल्लो तटीय क्षेत्र र डिसेन्डर नजिकैको कटानले जोखिममा परेको संरचनाको संरक्षण कार्य पूरा गरिएको केन्द्र प्रमुख कपिलदेव मानजनले जनकारी दिए ।

उनका अनुसार विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको र सुरुङमा बालुवा छिर्न नदिन महत्त्वपूर्ण मानिने ‘अन्डर स्लुइस गेट’को क्षतिग्रस्त संरचनाको मर्मत गरी यसलाई सञ्चालनयोग्य बनाइएको छ । मुख्य इन्टेक नजिकै रहेको कम्पनसेटिङ पोखरीमा वर्षौँदेखि थुप्रिएको बालुवा निकाल्ने कार्य यसै अवधिमा सम्पन्न भएको छ । त्यस्तै, लामो समयदेखि रोकिएका ठेक्का सम्झौताका कार्यहरू र मेकानिकल मर्मतलाई उच्च प्राथमिकता दिएर सम्पन्न गरिएको छ ।

विद्युत्‌गृहको युनिट नम्बर ३ को ओभरहलिङ कार्यमा केन्द्रकै कर्मचारी र अन्य जलविद्युत् केन्द्रका प्राविधिकलाई मर्मतमा संलग्न गराइएको थियो । बाँध क्षेत्रमा भइरहेको सिभिल मर्मतका लागि तीन सिफ्टमा २४सै घण्टा जनशक्ति परिचालन गरिएको थियो ।

खोलाको बहाव न्यूनभएका बेला उत्पादनमा कम असर पर्ने गरी यो मर्मत कार्य गरिएको हो । 

प्लान्ट सटडाउनकै अवधिमा विद्युत्‌गृहमा एलटी टाइप ब्रेकर बदली लगायतका अन्य आवश्यक इलेक्ट्रिकल र मेकानिकल मर्मतका कार्यसमेत सम्पन्न भएको उनले जानकारी दिए । मर्मतसँगै केन्द्रको उत्पादन क्षमतामा सुधार आउने र प्राविधिक जोखिम न्यूनीकरण हुने उनको भनाइ छ ।

प्राधिकरणले सञ्चालन गरिरहेका विद्युत् केन्द्रमध्ये यो क्षमताका हिसाबले तेस्रो र वार्षिक उत्पादनका दृष्टिले दोस्रो ठुलो हो । केन्द्रले गत आर्थिक वर्षमा ४५१.७ गिगावाट घण्टा विद्युत् उत्पादन गरेको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ को माघ मसान्तसम्म २९३.५ गिगावाट घन्टा उत्पादन गरिसकेको केन्द्रको तथ्याङ्‌क छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३