काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले भाद्र २३ र २४ गते जेन–जेड पुस्ताको नेतृत्वमा भएको आन्दोलनका क्रममा क्षति भएका काठमाडौँ उपत्यकाबाहिर अत्यधिक गर्मी हुने क्षेत्रका सरकारी कार्यालयहरूमा ऊर्जा दक्ष पङ्खा जडान गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा ऊर्जा ऊर्जा दक्ष पङ्खा जडान गर्ने कार्यक्रम रहेकोले उक्त कार्यक्रम कार्यान्वयनका लागि आन्दोलनका क्रममा क्षतिग्रस्त कार्यालयमा त्यस्ता पङ्खा जडान गर्ने निर्णय गरिएको केन्द्रले जनाएको छ ।
यसका लागि उल्लिखित क्षेत्रका कार्यालय तथा संस्थाले क्षतिको प्रमाणसहित जडानका लागि पङ्खाको आवश्यक सङ्ख्या खुलाई १५ दिनभित्र निवेदन पेस गर्न आह्वान गर्दै केन्द्रले मंगलबार (मंसिर ९ गते) सूचना जारी गरेको छ ।