विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । श्रम तथा रोजगार कार्यालयले नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका कार्यसमितिका पदाधिकारीसँग स्पष्टिकरण मागेको छ । संघको गत कात्तिक ६ गते सम्पन्न १२औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति संघको विधान र ट्रेय युनियन ऐन विपरित भएको भन्दै असन्तुष्ट बनेको पक्षले उजुरी दिएपछि कार्यालयले स्पष्टिकरण मागेको हो ।

कार्यालयले संघको नाममा पत्र लेखी अध्यक्ष जनार्दन भट्टराईसहित कार्यसमितिमा निर्वाचित सबै पदाधिकारीसँग स्पष्टिकरण मागेको छ । कर्मचारी संघमा आवद्ध केही सदस्यले आवश्यक छानबिन गरी कार्यसमिति विघटन गर्न माग गर्दै उजुरी दिएकाले त्यससम्बन्धमा स्पष्ट पार्न आवश्यक देखिएले ७ दिनभित्र लिखित जवाफ पेश गर्नुपर्ने कार्यालयले लेखेको पत्रमा जनाइएको छ ।

‘केही सदस्यबाट ट्रेड युनियन ऐन र संघको विधान विपरित कार्यसमिति पदाधिकारीको चयन भएको भनी उजुरी आएको छ,’ पत्रमा भनिएको छ,‘सो सम्बन्धमा के कसो भएको हो ? ट्रेड युनियन ऐनमा भएको व्यवस्था अनुसार विधान संशोधन गरिएको हो वा होइन ? यसबारेमा लिखित जवाफ पेश गर्नुहुन अनुरोध छ ।’

संघको महाधिवेशनमा भएको निर्वाचनका सम्बन्धमा पनि स्पष्ट पार्नुपर्ने कार्यालयको पत्रमा जनाइएको छ । संघको १२औं महाधिवेशन ट्रेड युनियन ऐन र संघको विधान विपरित भएको तथा निर्वाचनमा मतदाताको गोप्य मतदान गर्न पाउने मताधिकारको हनन हुने गरी सिसिटिभीमा मतदान प्रक्रिया रेकर्ड गरी त्रास फैलाउने काम भएको भन्दै असन्तुष्ट पक्षले गत मंसिर २ गते कार्यालयमा उजुरी दर्ता गराएको थियो ।

संघको गत कात्तिक ६ गते सम्पन्न महाधिवेशनले भट्टराईको नेतृत्वमा १०१ सदस्यीय कार्यसमिति चयन गरेको थियो । भट्टराई संघको नेतृत्वमा पाँचौं पटक निर्वाचित भएका थिए । मतदान प्रक्रियामा पराजित समूहले निर्वाचन निश्पक्ष र पारदर्शी नभएको भन्दै विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit