images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४ वर्षमा हुर्किएका र थपिएका रुख विरुवा कटान गर्न अनुमति लिनु पर्ने भएपछि निर्माण पूरा भएको १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन सञ्चालनमा आउन ढिलाइ भएको छ । प्रसारण लाइनको रुटमा पर्ने रुख विरुवा कटान गर्न वन तथा वातावरण मन्त्रालयबाट पुनः स्वीकृति लिनुपर्ने भएकाले सञ्चालनमा ल्याउन समय लागेको हो।

निर्माण सम्पन्न भइसकेको प्रसारण लाइनको रुटमा फेरि रुख विरुवाको संख्या बढेकाले तत्कालै सञ्चालनमा ल्याउन नसकेको आयोजना प्रमुख जनार्दन गौतमले बताए । ‘प्रसारण लाइनको निर्माण अवधिमा बढेका ३६४ रुख विरुवा फेरि कटान गर्नुपर्ने अवस्था देखियो,’ उनले ऊर्जा खबरसँग भने, ‘यी रुख विरुवा कटानको स्वीकृतिका लागि हामीले गरेको प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा पुगेको छ । त्यहाँबाट स्वीकृति मिलेपछि मात्रै प्रसारण लाइन सञ्चालनमा ल्याउन सकिन्छ ।’

उनले रुख कटानको स्वीकृतिका लागि गरेको प्रस्ताव १३ दिनअघि नै मन्त्रालयमा पुगेको बताए । प्रसारण लाइनको रुटका रुख विरुवा कटानको स्वीकृतिका लागि अब आफ्नोभन्दा पनि नेपाल विद्युत प्राधिकरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको भूमिका महत्त्वपूर्ण हुने बताए ।

सोलु कोरिडोरमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको यो प्रसारण लाइन गत पुसमा सम्पन्न भएको हो । निर्माण सम्पन्न भएको १ महिनाभित्र सञ्चालनमा ल्याउने भनिए पनि प्रसारण लाइनको रुटमा हुर्किएका रुख विरुवा कटानको स्वीकृति नमिल्दा अनिश्चित बनेको छ ।

प्रसारण लाइन पहिले नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने भए पनि उदयपुरको कटारी नगरपालिका–४, मरुवाका स्थानीयले विभिन्न माग राखेर निर्माण अवरुद्ध गरेकाले अहिलेसम्म सञ्चालनमा आउन नसकेको हो । यही अवधिमा पहिले नै काम भइसकेको प्रसारण लाइनको रुट पर्ने वन क्षेत्रमा रुख विरुवाको संख्या बढेपछि फेरि स्वीकृति लिनुपर्ने अवस्था आएको हो ।

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिन्लासम्म ९० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । निर्माण सुरु भएको ५ वर्षमा यो प्रसारण लाइन सम्पन्न भएको हो । प्रसारण लाइनको रुटमा ३०२ वटा टावर निर्माण भएका छन् ।

विद्युत प्राधिकरणले यो प्रसारण लाइनमा प्रवाह हुने गरी ३२५ मेगावाटका १२ जलविद्युत आयोजनाका प्रवद्र्धकसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । यो प्रसारण लाइन सञ्चालनमा आउँदा सोलु कोरिडोरका आयोजनाको विद्युत प्रवाह हुनुका साथै स्थानीय क्षेत्रको विद्युत वितरण प्रणालीमा पनि सुधार हुने प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन सञ्चालनमा आउना साथ २३.५ मेगावाटको सोलु खोला आयोजनाको विद्युत प्रवाह हुनेछ । २०७६ चैतदेखि सञ्चालनमा आएको यो आयोजना प्रसारण लाइनको समस्याकै कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन् ।

हिउँदमा समस्या नभए पनि बर्खामा १७ मेगावाट विद्युत खेर गइरहेको थियो । यही प्रसारण लाइनमा प्रवाह हुने गरी निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलू दूधकोसी, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना पूरा हुने चरणमा पुगेका छन् । 

सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइनको ठेकेदार छनोटमा आएको विवादका कारण झण्डै दुई वर्ष ढिला काम सुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit