विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लामो समयदेखि विद्युत् महसुल नतिरेका ग्राहकको लाइन काट्न जाँदा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीमाथि हातपात भएको छ । भक्तपुर सिरुटारका ग्राहक रघु केसीले प्राधिकरणका कर्मचारी कृष्णबहादुर सुवाल, गोविन्द श्रेष्ठ र बाबा ढकालमाथि हातपात गरेका हुन् ।

०१४.१८०३५‘ए’ नम्बरका ग्राहक केसीले सुवालको कठालो समातेको, लछारपछार पारेको र दुर्व्यवहार गरेको ठिमी वितरण केन्द्रका मिटर रिडिङ सुपरभाइजर प्रमोद खड्काले ऊर्जा खबरलाई जानकारी दिए । उनका अनुसार निज केसीको ३१ महिनाको करिब १९ हजार रुपैयाँ महसुल बक्यौता थियो ।

प्राधिकरण चुहावट नियन्त्रण नियमावली अनुसार निरन्तर ६० दिनसम्म महसुल नतिरे त्यस्तो ग्राहकलाई कालोसूचीमा राखेर लाइन काटिनेछ । तर, प्राधिकरणले भने महिनौंसम्म ग्राहकलाई सहुलियत दिएको देखिन्छ । लामो समय महसुल नतिरेको हुँदा कार्यालयले ‘लाइन काट्नू’ भन्ने निर्देशन दिएकोले कर्मचारी पुगेका थिए ।

कर्मचारीहरूले जसरी पजि लाइन काट्नैपर्ने भन्दै अडान लिएर अगाडि बढ्दा हातपात तथा दुव्र्यहार भएको खड्काले बताए । लामो समय किन महसुल उठाउने काम भएन भन्ने प्रश्नको जवाफमा केन्द्रका सहायक प्रबन्धक सुबोध शर्माले भने, ‘६–७ महिना कोभिडका कारण कर्मचारी मिटर रिडिङ गर्न गएनन् । केही महिना त छुटेकै हो ।’

निज केसीबाट उठाउनुपर्ने रकम तथा अवधिका विषयमा भने शर्मा र खड्काले फरक फरक जानकारी दिए । सहायक प्रबन्धक शर्माले केसीबाट २३ महिनाको २२ हजार रुपैयाँ उठाउन बाँकी रहेको जानकारी दिएका छन् । उता खड्काको भनाइ अनुसार निजबाट ३१ महिनाको १९ हजार रुपैयाँ असुलउपर गर्नुपर्नेछ ।

उठाउनुपर्ने रकमबारे यकिन नहुनु वा एकरूपता नहुनु, महिनौंसम्म बक्यौता रहनुले यसमा प्राधिकरणको पनि त्रुटी देखिन्छ । हरेक महिना वा २¬–३ महिनामा निरन्तर बिलिङ गरेर बक्यौता उठाएको भए ग्राहक आक्रोसित हुनुपर्ने अवस्था आउँदैनथ्यो ।

हातपातपछि केसीले केन्द्रको कार्यालयमा आएर महसुल बुझाएको तर उनको घरमा लाइन नजोडिएको शर्माले बताए । ‘हाम्रा कर्मचारीमाथि हातपात भएको हुँदा ग्राहकले महसुल तिरे पनि लाइन जोडेका छैनौं, निज केसीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

दुर्व्यवहार खेपेका कर्मचारीहरूले केसी विरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन दिएको खड्काले बताए । उनका अनुसार अहिले केसीको घर तथा घटनास्थलमा प्रहरी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit