images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सहरी क्षेत्रको प्रसारण तथा वितरण प्रणाली विस्तार गर्न ५ जापनिज कम्पनी सर्टलिस्ट (प्रारम्भिक छनोट) मा परेका छन् । नेपाल विद्युत प्राधिकरणको  ‘सहरी प्रसारण तथा वितरण प्रणाली सुधार’ आयोजना निर्माण गर्न निकालिएको ठेक्कामा यी कम्पनीहरू छनोटमा परेका हुन् ।

टोक्यो इलेक्ट्रिक पावर सर्भिस कम्पनी, निप्पोन कोइ कम्पनी लिमिटेड, इनईडब्लूजेईसी कोटो–कु, द चुगोकु इलेक्ट्रिक पावर कम्पनी लिमिटेड र याचियो इन्जिनियरीङ कम्पनी लिमिटेड छनोट भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार छनोटमा परेका यी कम्पनीसँग आर्थिक प्रस्ताव पेश गर्न आग्रह गरिएको छ । यो ‘सहरी प्रसारण तथा वितरण प्रणाली सुधार’ आयोजना जापान सरकारको सहुलियत ऋणमा विस्तार गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

काठमाडौं उपत्यका र पोखरा सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधार योजना अघि बढेको छ । जापान अन्तर्राष्ट्रिय आर्थिक सहयोग नियोग (जाइका) मार्फत प्राप्त भएको करिब १४ अर्ब (१५९.०१ करोड जापानी येन) बाट १३२ केभी क्षमताको ५ वटा सबस्टेसन निर्माण गरिनेछ । साथै, सहरी क्षेत्रमा १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइन भूमिगत गरिनेछ ।

यो आयोजना अन्तर्गत उपत्यकाको थापाथली, महाराजगन्ज, राजदरबार तथा सिरुटार र पोखराको विरौटामा १३२/११ केभीको सबस्टेसन निर्माण हुनेछ । आयोजना कार्यान्वयबाट काठमाडौं, पोखरालगायतका सहरमा प्रसारण चुहावट घट्ने, वितरण प्रणाली क्षमता विस्तार हुने, विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit