विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साझा यातायात कम्पनीले नयाँ विद्युतीय बस खरिद ठेक्का आह्वान गरेको छ । साझाले ४० वटा नयाँ विद्युतीय बस खरिद गर्न शुक्रबार ठेक्का आह्वान गरेको हो ।

पहिलो चरणमा बस खरिद गर्न योग्य ठेकेदार कम्पनीबाट २०७८ बैशाख २५ गते (मे ८, २०२१) भित्र प्राप्त हुने गरी प्रस्ताव मागिएको साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा चलाउने गरी विद्युतीय बस खरिद गर्न प्रस्ताव मागिएको छ ।

‘पहिलो चरणमा ४० वटा विद्युतीय बस खरिद गर्दैछौं,’ उनले शुक्रबार ऊर्जा खबरसँग भने, ‘खरिद हुने विद्युतीय बस उपत्यकाभित्र सञ्चालन गर्ने योजना छ ।’ उनले पहिलो चरणमा खरिद गरिने विद्युतीय बस १६० किलोवाट क्षमताको ब्याट्री भएका हुने बताए ।

सरकारले उपत्यकाभित्र ठाउँ–ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्ने प्रक्रिया अघि बढाएकाले साझाले पनि विद्युतीय बस खरिदको प्रक्रिया सुरु गरेको उनले बताए । ९ मिटर लामो विद्युतीय बस २६ सिट क्षमताका हुनेछन् ।

बसमा यात्रुका लागि वाइफाई, टिभी, सिसी क्यामरालगायतको व्यवस्था पनि गरिने तुलाधरले जानकारी दिए । सरकारले विद्युत खपत बढाई आयातित पेट्रोलियम प्रतिस्थापन गर्ने तथा बढ्दो वायु प्रदुषण नियन्त्रण गर्ने उद्देश्यले २ वर्षअघि पनि साझालाई ३ सय बिजुली बस खरिद तथा सञ्चालन गर्न ३ अर्ब रूपैयाँ दिएको थियो । 

बसको ‘स्पेसिफिकेसन’ परिर्वतन गरेको भन्दै फेरि २०७६ असोज १ गते लिखितरूपमा खरिद प्रक्रिया अगाडि नबढाउन साझालाई निर्देशन दिइएको थियो । केही समयको अलमलपछि सरकारले पुनः साझालाई नै सो जिम्मेवारी दिएपछि बस खरिद प्रक्रिया अगाडी बढाइएको हो ।

आन्तरिक विद्युत उत्पादन बढेसँगै खपत बढाउन विद्युतीय सवारीको प्रवद्र्धनका लागि नेपाल विद्युत प्राधिकरणले पनि देशभरमा ५० वटा चार्जिङ स्टेसनको निर्माण सुरु गर्दैछ । प्राधिकरणले ठाउँ–ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्न चाँडै चिनियाँ कम्पनी स्टार चार्जसँग ठेक्का सम्झौता गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit