विद्युत आपूर्ति : प्राधिकरण : ९४६७ मे.वा.घन्टा / निजी क्षेत्र : १८६८६ मे.वा.घन्टा / आयात : १३३४ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग : २९४८७ मे.वा.घन्टा/ उच्च माग : १४२८ मेगावाट मे.वा.घन्टा/ निर्यात : मेगावाट
×

पोल स्थानान्तरण गर्न फेवा फिडरको सेवा २ दिनका लागि बन्द 

२०७७ चैत १३

काठमाडौं । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले फेवा फिडरको विद्युत सेवा बन्द गरेको छ । केन्द्रले सडक विस्तार भएका स्थानकाे विद्युतीय पोल स्थानान्तरण कार्यका लागि विद्युत सेवा बन्द गरेको हो ।

वडा नम्बर १७ कार्यालय, बराल फिड, जागृती टोल, बालेदय मार्ग, तिब्बतियन क्याम्प फल्स, छोरेपाटन, शितल चौपारी क्षेत्रमा सडक पोल स्थानान्तरण गर्न शुक्रबार बिहान १० बजेदेखि सेवा बन्द गरेको केन्द्रले जनाएको छ । सेवा भोलि (शनिबार) पनि बन्द हुनेछ ।

अवरुद्ध सेवा दैनिक ३ बजेबाट पुन सुचारु हुने पनि केन्द्रले जनाएको छ । सेवा बन्द हुँदा फेवा फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ । कार्य निर्धारित समय अगावै सम्पन्न भए अगाडि नै विद्युत सेवा सुचारु गरिनेछ । 

प्रतिक्रिया

सम्पादकः लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Degit