images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काटमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले केबल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायकबाट करिब साढे १ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । केन्द्रले प्राधिकरणको संरचना उपयोग गर्ने सेवा प्रदायकबाट यति राजस्व उठाएको हो ।

हालसम्म विद्युतीय संरचना प्रयोग गरेवापत सेवा प्रदायकबाट १ करोड ४७ लाख ३९ हजार ९ सय ७३ रुपैयाँ राजस्व उठाएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सोमबार (हिजो) मात्रै भायोनेटबाट १२ लाख रुपैयाँ राजस्व असुल गरिएको छ । बाँकी ३० लाख रुपैयाँ पनि छिटै भुक्तानी हुने केन्द्रले जनाएको छ ।

केन्द्रले संरचना प्रयोग गर्ने कनेक्ट नेपाल, त्रिवेणी केबल नेटवर्क, प्राइम नेटवर्क, ब्रोडलिङ्क, डिसहोमलगायतका इन्टरनेट सेवा प्रदायकबाट सो राजस्व असुल गरेको हो । 

प्राधिकरणले २०७३ सालमा नयाँ कार्यविधि बनाएर लागु गरेदेखि नै सेवा प्रदायकले राजस्व तिर्न अटेरी गरेमा कारबाही गरेर असुल्ने अभियान चलाइएको छ । यस्तै, क्लासिक टेक, सिम टिभीलगायतका सेवा प्रदायकबाट राजस्व असुल गर्न बाँकी छ । बारम्बार ताकेता गर्दा पनि राजस्व नबुझाएमा कानुनी प्रक्रियामा जाने निर्णय गरेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit