विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण हेटौंडा ग्रिड महाशाखा अन्तर्गत ४ वितरण केन्द्रबाट सञ्चालित ३ वटा सबस्टेसनबाट ३ दिन विद्युत् आपूर्ति कटौती हुने भएको छ । सबस्टेसनका विभिन्न उपकरणको मर्मत गर्नुपर्ने हुँदा आउने १६ गते (बिहीबार) देखि ३ दिन आपूर्ति बन्द हुनेछ ।

महाशाखाका अनुसार सिमरा, हेटौंडा, भरतपुर र वीरगन्ज वितरण केन्द्र अन्तर्गतका भरतपुर, हेटौंडा र परवानीपुर सबस्टेसनबाट विद्युत् आपूर्ति बन्द हुनेछ । यी सबस्टेसनका ११ केभी ब्रेकर, बसबार तथा अन्य आवश्यक मर्मत सम्भार गर्नुपर्ने हुँदा त्यहाँबाट प्रसारित ११ केभी फिडरहरू पूर्ण रूपमा अवरुद्ध हुनेछन् ।

भरतपुर सबस्टेसनअन्तर्गत १६ गते बिहान ६ बजेदेखि १२ बजेसम्म, हेटौंडा सबस्टेसनअन्तर्गत १९ गते बिहान ६ बजेदेखि १२ बजेसम्म र परवानीपुर सबस्टेसनअन्तर्गत २० गते बिहान ६ बजेदेखि १२ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भन्दै महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit