विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को कोरोना (कोभिड–१९) राहत कोषमा १ करोड ३१ लाख ४३ हजार ९ सय ४० रुपैयाँ जम्मा भएको छ । इपानमा आवद्ध ऊर्जा उत्पादकहरूले गरेको सहयोगक रकम रातह कोषमा जम्मा हुन थालेको हो । 

अहिलेसम्म २८ जलविद्युत कम्पनीले राहत कोषमा सहयोग रकम दिएको इपानले जनाएको छ । इपानका अनुसार राहत कोषमा ऊर्जा उत्पादकले न्युतम १ लाखदेखि अधिकतम १० लाख रुपैयाँसम्म सहयोग गरेका छन् ।

वर्तमान कार्य समितिमा रहेका पदाधिकारीबाट मात्रै १ करोड ९ लाख ८१ हजार ३ सय ३० रुपैयाँ कोषमा आएको इपानले जनाएको छ । बाँकी रकम इपानमा आवद्ध जलविद्युत प्रवर्द्धक कम्पनीबाट संकलन भएको हो ।

जलविद्युत प्रवर्द्धकबाट राहत कोषमा सहयोग रकम दैनिकरूपमा आउन सुरु भएको इपानले जानकारी दिएको छ । राहत कोषमा संलन भएको रकम कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट स्थापना गर्न खर्च गरिने भएको छ । 

कोरोना महामारीको समयमा मानव जीवन रक्षा गर्नु नै पहिलो प्राथमिकता भएको भन्दै इपानले अक्सिजन प्लान्ट स्थापना गर्न राहत कोष स्थापना गरेको हो । राहत कोषमा जम्मा हुने भएको रकमले अक्सिजन प्लान्ट स्थापना गरी उपत्यकाका सरकारी तथा सामुदायिक अस्पतालमा अक्सिजन वितरण गरिने पनि इपानले जनाएको छ । 

निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदार पनि संक्रमित हुने क्रम बढेकाले उनीहरूको सहज उपचारका लागि पनि राहत कोषको रकम खर्च गरिने भएको छ । आयोजना स्थलमा खटिने कर्मचारी तथा कामदारको उपचारका लागि साना ठूला अक्सिजन सिलिण्डर, अक्सोमिटर, पिपिइ किट, मास्क तथा औषधी खरिद गरी सम्बन्धित जिल्ला अस्पतालहरूमा पढाइने भएको छ । इपानले गत वर्ष पनि सरकारी राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ संकलन गरी सहयोग गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit