विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालले सिमेन्ट उद्योगको प्रयोजनका लागि मात्र भारतबाट करिब साढे ६ अर्ब रुपैयाँ बराबरको कोइला आयात गर्ने गरेको पाइएको छ । ६६ वटा सिमेन्ट उद्योग सञ्चालन गर्न मासिकरूपमा उक्त रकमको कोइला आयात भइरहेको हो ।

सिमेन्ट उद्योगमा क्लिंङ्कर उत्पादन गर्न मासिक ६ अर्ब ३० करोड रुपैयाँ बराबरको कोइला आयात हुने गरेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले बताए । ‘हाल सञ्चालनमा रहेका ६६ उद्योगले मासिक १२ लाख ५० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब हामी निर्यात गर्न सक्ने अवस्थामा पुगेका छौं ।’

संघका अनुसार सञ्चालनमा रहेका यी उद्योगहरूले वार्षिक १ करोड ५० लाख मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको वार्षिक १ करोड टन निर्यात गर्न सक्ने क्षमता रहेको छ । कोइला आयातको परिमाण हेर्दा वार्षिक ७५ अर्ब ६० करोड रुपैयाँ बराबर भारत गइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा कोइलाको अभावसँगै यसको प्रत्यक्ष प्रभाव सिमेन्ट उद्योगहरूलाई परिरहेको छ । क्लिंङ्कर उद्योगहरूले पर्याप्त मात्रामा कोइलाहरू नपाएकै कारण सिमेन्ट उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन पाएका छैनन् ।

यी उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन गर्ने हो भने १ खर्ब २६ अर्ब रुपैयाँ भारत जानेछ । नेपालमा सञ्चालनमा रहेका यी उद्योगहरूको क्षमता १२०० देखि ४ हजार मेट्रिक टनसम्मका छन् । एक टन सिमेन्ट उत्पादन गर्न ३५ युनिट बिजुली आवश्यक पर्ने पनि थापाले बताए । उद्योगहरूले दैनिक  ९ लाख ५९ हजार युनिट विद्युत खपत गर्ने सक्ने थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३