विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–४, मरुवाका स्थानीयले मुआब्जा नबुझ्दा १३२ केभी कोसी कोरिडोर प्रसारण लाइनको ३ वटा टावर निर्माणको काम फेरि रोकिएको छ । प्रसारण लाइन आयोजना विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि गत भदौ २ गतेदेखि नै ३ वटा टावरको काम अवरुद्ध हुन पुगेको हो ।

स्थानीयले दायर गरेको मुद्दामा साउन ३२ गते अन्तरिम आदेश भएकोमा भदौ २ गते उक्त आदेश प्राप्त भएपछि मरुवामा काम रोकेको आयोजना प्रमुख जनार्दन गौतमले बताए । ‘जिल्ला प्रशासनको सहयोगमा प्रहरी परिचालन गरेर काम गरिरहेका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘१० मध्ये ६ वटाको काम सम्पन्न भइसकेपछि काम रोक्नु भनेर सर्वोच्चको अन्तरिम आदेश आयो र अहिले काम रोकिएको छ ।’

उनले बुधबार (हिजो) फेरि सर्वोच्चले आगामी असोज २२ गतेभित्र स्थानीयले मुआब्जा बुझिसक्नु पर्ने फैसला गरेको बताए । २२ गतेभित्रमा मरुवाबासी मुआब्जा बुझ्न नआए नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको काम सुचारु गर्न पाउने फैसला गरेको उनले बताए ।

‘हामी चलन चल्तीको दर भाउन अनुसार मुआब्जा निर्धारण गरेर स्थानीयलाई दिने सबै प्रक्रिया पूरा गरेर बसेका छौं । स्थानीयबासी नै मुआब्जा बढाउनु पर्ने माग राखेर लिन आएका छैनन् । असोज २२ अघि नै सबैले मुआब्जा लिए अगाडि नै काम सुरु हुन्छ । मुआब्जा नलिएको अवस्थामा २२ गतेपछि प्राधिकरणले काम सुचारु गर्न पाउँछ भन्ने फैसला सर्बोच्चबाट भएको छ’ उनले भने ।

मरुवा क्षेत्रमा प्रसारण लाइनका १० वटा टावरमा अवरोध थियो । ती मध्ये प्रहरीको सुरक्षा घेरामा ६ वटाको निर्माण सम्पन्न भइसकेको छ । बाँकी ४ मध्ये ३ वटामा विवाद छ । स्थानीयसँगको मुआब्जा विवाद मिलाउन जिल्ला प्रशासन कार्यालयले नै समन्वय गरिरहेको छ ।

अहिलेसम्म सञ्चालनमा आइसक्नु पर्ने भए पनि मरुवाबासीको अवरोधकै कारण प्रसारण लाइन सम्पन्न गर्न ढिलाइ हुँदै आएको छ । मरुवा बाहेकको रुटमा प्रसारण लाइनको जग खनी टावर ठड्याउने तथा तार तान्ने काम सम्पन्न भइसकेको छ ।

यो प्रसारण लाइन समयमा सम्पन्न हुन नसकेकै कारण २३.५ मेगावाटको सोलुखोला जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । विगत १४ महिनादेखि सोलुको १७ मेगावाट विद्युत खेर गइरहेको छ । हिउँदमा सबै उत्पादन प्रणालीमा जोडिए पनि बर्खाको विद्युत खेर गइरहेको छ ।

निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु र १९.८ मेगावाटको माथिल्लो सोलु , ८६ मेगावाटको सोलु दूधकोसी लगायत आयोजना पूरा हुने चरणमा पुगेका छन् । यी आयोजना विद्युत उत्पादनको चरणमा पुग्न लागेकाले प्रसारण लाइन चाँडै सम्पन्न गर्नु पर्ने दवाब प्राधिकरणलाई छ ।

सोलु र तल्लो सोलु सुपर सिक्स अन्तर्गत सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न  दिएका जलविद्युत आयोजना हुन् । सोलु बेसिनमा अहिले तल्लो र माथिल्लो सोलु, सोलु दूधकोसीसँगै ५ मेगावाटको जुनबेंसी आयोजना पनि निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit