विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमााडौं । पाल्पाको माथागढी गाउँपालिका–२ निर्माण भएको ३३÷११ केभी रुप्से सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयको वितरण प्रणाली विस्तार तथा सुदृढिकरण आयोजना अन्तर्गत सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो ।
स्थानीय क्षेत्रको विद्युतको गुणस्तर सुधार गर्ने उद्देश्यले निर्माण गरिएको सबस्टेसन शनिबारदेखि सञ्चालनमा आएको आयोजना प्रमुख बोधराज ढकालले बताए । उनका अनुसार केराबारीबाट रुप्से आउने ३३ केभी लाइनमार्फत सबस्टेसन चार्ज गरिएको छ ।

‘सबस्टेसन हिजोदेखि सञ्चालनमा आएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब जिल्लाको विद्युतीकरण विस्तारमा सहज हुनेछ ।’ उनले सबस्टेसनमा ८ एमभिएको पावर ट्रान्सफर्मर राखेर सञ्चालन गरिएको बताए ।

सबस्टेसन सञ्चालनमा आउँदा पाल्पा बजार क्षेत्र तथा दम्कडा, सराइ, माथागढी क्षेत्रको विद्युतको गुणस्तरणमा सुधार हुने प्राधिकरणले जनाएको छ । पहिले यस क्षेत्रमा भोल्टेजको समस्या थियो । सबस्टेसन सञ्चालनमा आएसँगै भोल्टेजको समस्या समाधान भई गुणस्तरमा सुधार भएको छ ।

सबस्टेसनसँगै निर्माण भएको साढे १३ किलोमिटर लामो केराबारी–रुप्से प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । रुप्से सबस्टेसनसम्म लाइन ल्याउनकै लागि ३३ केभी प्रसारण लाइन आयोजना अन्तर्गत नै निर्माण गरिएको ढकालले जानकारी दिए ।

सबस्टेसनबाट ११ केभीका २ वटा फिडर सञ्चालनमा आएका छन् । पहिले एउटै फिडरबाट विद्युत वितरण भइरहेकोमा अहिले २ वटा फिडर तयार गरी सञ्चालन गरिएको छ ।

निर्देशनालय अन्तर्गत एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा प्राधिकरणले अघि बढाएका ९ वटा सम्पन्न भई सञ्चालनमा आएका छन् । अब ३ वटा सबस्टेसन सम्पन्न भई सञ्चालनमा आउन बाँकी छ । 

यी ३ वटा सबस्टेसन पनि निर्माणाधीन रहेकाले चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने प्राधिकरणले जनाएको छ । सबस्टेसन, साढे १३ किलोमिटर लामो प्रसारण लाइन र २ वटा ११ केभी फिडर निर्माण गरी सञ्चालनमा ल्याउँदा करिब १२ करोड रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit