विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लामो समयदेखिको बाँकी विद्युत महसुल उठाउन गएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि हातपात गर्ने रघु केसीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बिट ठिमीबाट खटिएकाे टाेलीले बुधबार बिहान १० बजे केसीलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएकाे हाे ।

प्राधिकरण ठिमी वितरण केन्द्रले उनी विरुद्ध कारबाही प्रक्रिया अघि बढाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र ठिमी प्रहरी कार्यालयमा निवेदन दर्ता गराएपछि केसी पक्राउ गरेका हुन् । उनलाई हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएकाे भक्तपुर प्रहरीले जनाएकाे छ ।

ठिमी वितरण केन्द्रले हातपात गर्ने केसी विरुद्ध कारबाहीकाे माग गर्दै निवेदन दर्ता गराएपछि प्रहरीले अनुसन्त्रान थालेकाे मिटर रिडिङ सुपरभाइजर प्रमोद खड्काले जानकारी दिए । उनले हातपात गर्नेबिरुद्ध कारबाही प्रक्रिया अघि बढेकाले पिडित कर्मचारीले अब न्याय पाउने बताए ।

भक्तपुर सिरुटारका ग्राहक केसीले ३१ महिनादेखिको विद्युत महसुल नतिरेपछि प्राधिकरण कर्मचारी विद्युत लाइन काट्न त्यहाँ पुगेका थिए । लाइन काटेर महिसुल उठाउने क्रममा केसीले वितरण केन्द्रबाट गएका कृष्णबहादुर सुवाल, गोविन्द श्रेष्ठ र बाबा ढकालमाथि हातपात गरेका थिए ।

घटनापछि उनले अहिलेसम्मकाे विद्युत महसुल तिरेका छन् । उनले प्राधिकरणलाई विद्युत महसुलबापत २२ हजार रुपैयाँ तिर्न बाँकी थियाे । कर्मचारीले विद्युतको लाइन काटेर महसुल उठाउन खोजेपछि ०१४.१८०३५ ‘ए’ नम्बरका ग्राहक केसीले भाैतिक आक्रमण गरेका थिए ।

प्राधिकरण चुहावट नियन्त्रण नियमावली अनुसार निरन्तर ६० दिनसम्म महसुल नतिरे त्यस्तो ग्राहकलाई कालोसूचीमा राखेर लाइन काट्नुपर्ने व्यवस्था छ । केसीकाे हकमा प्राधिकरणले महसुल उठाउन ढिलाइ गरेकाे देखिन्छ । हरेक महिना वा २/३ महिनामा निरन्तर बिलिङ गरेर बक्यौता उठाएको भए ग्राहक आक्रोसित हुनुपर्ने अवस्था आउँदैनथ्यो ।

याे पनि पढ्नुहाेस्

महसुल नतिर्ने ग्राहकको लाइन काट्न जाँदा भक्तपुर सिरुटारमा कर्मचारीमाथि हातपात

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit