विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नदी खोलामा पानीको सतह कम भई आन्तरिक विद्युत उत्पादन घटेसँगै भारतबाट हुने विद्युत आयात परिमाण ७ सय मेगावाट नजिक पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणले आन्तरिक उत्पादनबाट विद्युतको माग र आपूर्ति व्यवस्थापन  गर्न नसकेपछि विद्युत आयात  पनि उकालाे लागेकाे हाे ।

मंगलबार अहिलेसम्मकै बढी ६ सय ८० मेगावाट विद्युत भारतबाट आयात भएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । उनका अनुसार प्राधिकरण र निजी क्षेत्रका जलविद्युतगृहको उत्पादन घटेकाले बिहान र साँझको उच्च माग व्यवस्थापन गर्न आयात बढाउनु परेको हो । मंगलबारकाे उच्च माग १४ सय ४८ मेगावाट छ ।

यसअघि गत पुस २६ गते सबैभन्दा बढी ६ सय ३८ मेगावाट विद्युत भारतका विभिन्न विन्दुबाट आयात भएको थियो ।‘मंगलबारको आयात अहिलेसम्मकै बढी देखियो,’ उनले ऊर्जा खबरसँग भने, ‘लोड बढेपछि स्वतः आयात पनि बढेको छ । चैत यता नदी खोलामा पानीको सतह बढ्ने सम्भावना नदेखिएकाले आयात अझै बढ्न सक्छ ।’ 

उनले बर्खामा नेपालको विद्युत भारततर्फ जाने गरे पनि हिउँदमा आयात बढाउनुको विकल्प नरहेको बताए । निजी क्षेत्रका जलविद्युतगृहले जडित क्षमताभन्दा ४ सय ४५ मेगावाट कम विद्युत उत्पादन गरिरहेका छन् ।

निजी क्षेत्रको जडित क्षमता ७ सय २० मेगावाट रहेकोमा पानीको बहावमा आधारित भएकाले अहिलेको उत्पादन ३८ प्रतिशत (२ सय ७५ मेगावाट) मा सिमित हुन पुगेको छ । 

प्राधिकरणका जलविद्युतगृहको उत्पादन पनि घटेको छ । प्राधिकरणका जलविद्युतगृहले मंगलबार पिक आवरमा ४ सय ९३ मेगावाट विद्युत उत्पादन गरेका छन् । प्राधिकरणको जडित क्षमता ६ सय ३६ मेगावाट छ । अहिलेको उत्पादन जडित क्षमताभन्दा १ सय ४३ मेगावाट कम हो ।

माग र आपूर्ति व्यवस्थापन गर्न कुलेखानी जलाशय आवश्यकताअनुसार २४ घन्टा चलाइएको छ । प्राधिकरणका अर्धजलाशय जलविद्युत केन्द्र पनि पिक आवरमा उच्च क्षमतामा चलाउन अन्य समयमा कम क्षमतामा चलाउने गरिएको छ ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत आयात सहज बनाउन ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मर थप गरेर स्तरोन्नति गरेको थियो । प्राधिकरणले टनकपुर विन्दुबाट पनि ८५ मेगावाटसम्म आयात गर्ने सकिने प्रबन्ध मिलाएको छ । नेपालले ढल्केबर–मुजफ्फरपुर, रक्सौल–परवानीपुर, कुशाहा–कटैया,टनकपुरलगायत विन्दुबाट विद्युत आयात गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit