विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
न्यादी फिदीमा माछापुच्छ्रेकाे अगुवाईमा ४ बैंकले ३ अर्ब ८ कराेड लगानी गर्ने

काठमाडौं । २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत आयोजनामा ४ बैंकले लगानी गर्ने भएका छन् । लमजुङमा निर्माण हुने आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा बैंक अफ काठमाडौं, सानिमा र सिभिल बैंकले ३ अर्ब ८ करोड रुपैयाँ लगानी गर्न लागेका हुन् ।

आयोजनाको प्रवर्द्धक नर्थ समिट हाइड्रो कम्पनी र ऋण लगानी गर्ने बैंकहरूबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । आयोजनामा बैंकहरूले गर्न लागेको लगानी कूल लागतको ७५ प्रतिशत भएको कम्पनीका प्रबन्ध निर्देशक बलेन्द्र क्षेत्रीले बताए ।

उनका अनुसार सेयधनीहरूमार्फत २५ प्रतिशत (१ अर्ब ३ करोड रुपैयाँ) स्वपुँजी लगानी जुटाइनेछ । आयोजना सम्पन्न गर्न ४ अर्ब ११ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा संस्थापक लगानी गर्ने प्रवर्द्धक जलविद्युत क्षेत्रमा अनुभव भएका, विभिन्न व्यवसाय तथा पेशमा संलग्ल व्यक्ति रहेको पनि उनले बताए ।

आयोजनाका निर्माण गर्न नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, उद्योग विभाग, वन तथा वातावरण मन्त्रालयबाट गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा भइसकेको छ । अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक निर्माण भइरहेको छ ।

पहुँच सडक तयार भएपछि चालू आर्थिक वर्षबाटै आयोजनाको संरचना निर्माणको काम सुरु गरिने क्षेत्रीले जानकारी दिए । आयोजनामा २३ सय मिटर लामो मुख्य सुरुङ र १४ सय ३३ मिटर पाइपलाइन रहने गरी डिजाइन गरिएको छ ।

विद्युत प्राधिकरणले हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा आयोजनाले उत्पादन गर्ने विद्युत खरिद गर्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

निर्माण सुरु गरेको ३ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट २०७९ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका छ । उत्पादित विद्युत विद्युतगृहदेखि १९ किलोमिटर दुरीको २२० केभी ताडीकुना सबस्टेसनमा लगेर जोडिनेछ । १९ किलोमिटर प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit