विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बल्खु कृषि तथा तरकारी बजारमा एनएमबी बैंकको क्युआर कोडबाट कारोबार गर्न सकिने भएको छ । बैंकले नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले तरकारी बजारमा क्युआर कोडबाट कारोबार गर्न सकिने व्यवस्थाको सुरुवात गरेको हो ।

शुक्रबार विशेष कार्यक्रमको आयोजना गरि क्युआर कोडबाट आर्थिक कारोबार गर्न सकिने सुविधाको शुभारम्भ गरिएको छ । कार्यक्रमबाट तरकारी बजारमा नगदरहित कारोवार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गरिएको बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले क्युआर कोडबाट भुक्तानी गर्ने सुविधाको उद्घाटन गरे । कार्यक्रममा बैंकका अध्यक्ष पवनकुमार गोल्यान, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, स्थानीय निकायका पदाधिकारी, सुरक्षा निकाय, कुमारी क्लबका सदस्य, स्थानीय कृषि व्यवसायीहरू सहभागी थिए । 

प्रमुख कार्यकारी अधिकृत केसीले तरकारी बजारमा बुढाथोकी भेजिटेवल सप्लायर्स र सजनी भेजिटेवल सप्लायसलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र पनि प्रदान गरेका छन् । साना तथा मझौला उद्यमीलाई केन्द्रविन्दुमा राखेर सहकार्य गर्ने नीतिअनुरुप उनीहरूलाई सहुलियतपूर्ण कर्जको प्रस्ताप पत्र दिइएको हो । 

बैंकले वर्तमान अवस्था र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै आगामी दिनमा आफ्ना ग्राहकलाई नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नुका साथै कृषि तथा सहुलियतपूर्ण कर्जा सहजताका लागि थप कार्यक्रम गर्नेमा प्रतिबद्धा समेत जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit