विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडी किन्ने कर्मचारीलाई ३ लाख रुपैयाँसम्म ऋण दिने भएको छ । प्राधिकरणले आफ्ना करिब १० हजार कर्मचारीलाई विद्युतीय सवारी किन्न ऋण दिने भएको हो । 

शुक्रबार भारतीय ब्राण्ड ओडिसी अटोमोटिभको नेपालमा शोरुम उद्घाटन गर्दै प्राधिकरणका सहनिर्देशक कोमलनाथ आत्रेयले यस्तो बताएका हुन । उनका अनुसार विद्युतीय गाडीलाई प्रवर्द्धन गर्न कर्मचारीलाई ३ लाख रुपैयाँसम्म ऋण दिइनेछ ।

‘हामी प्राधिकरणलाई चाहिने नयाँ विद्युतीय गाडी मगाउने गरेका छौ’ उनले भने, ‘त्यस्तै कर्मचारीले नयाँ गाडी किन्ने भए ३ लाख रुपैयाँसम्म कर्जा दिनेछौ ।’ आगामी दिनमा सबै सवारी साधन विद्युतीय मात्र चलाउने लक्ष्य अनुरुप २० वटा गाडी र ५० वटा मोटरसाइकल किन्न लागिएको आत्रेयले बताए । 

सन् २०३० सम्म पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापित गर्ने योजनाअनुसार विद्युतको महसुल घटाउँदै लगेको पनि उनले बताए । उनका अनुसार रातीको समयमा चार्ज गरे ३ रुपैयाँ मात्रै लाग्ने गरि छुट्टै मिटरको व्यवस्था गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit