विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केद्रका सहायक इन्जिनियर महेन्द्रप्रसाद चौधरीमाथि हातापात गर्ने त्रिभुवन शाह उर्फ अमरलाल साह र धिरज पाण्डेका नेतृत्वमा आएका २०/३० जनाका समूहलाई महिनाैसम्म कारबाही नभएपछि क्रियासिल ट्रेड युनियनका प्रदेश समितिहरू आन्दोलनमा उत्रिएका छन । केन्द्रले घट्नामा संगलग्न दोषीमाथि कानुनी कारबाही गर्न बारम्बार ताकेता गर्दा पनि हातपात गर्नेलाई कारबाही नभएपछि कर्मचारीहरू आन्दोलन तथा धर्ना सुरु गरेका हुन् ।

गत फागुन ५ गते केन्द्रका सहायक इन्जिनियर माथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएपछि केन्द्रका सम्पूर्ण कर्मचारीहरू तथा प्रदेश समितिहरू आन्दोलनमा उत्रिएको जनाइएकाे छ । घाइते कर्मचारीलाई उपचारको व्यवस्था गर्न पटक पटक विज्ञप्ती मार्फत ध्यानाकार्षण गराउँदा समेत दोषीमाथि कानुनी कारबाही नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएकाे केन्द्रले जनाएकाे छ ।

केन्द्रले सम्बन्धीत विषयको बारेमा पटक-पटक ध्यानाकार्षण गराउँदा पनि हालसम्म दोषीमाथि कारवाही नभएको जनाइएको छ ।सरोकारवाला पक्षले समेत चासो नदेखाए पछि क्रियासिल ट्रेड युनियनका प्रदेश समितिहरूका पदाधिकारी सदस्यहरू कालोपट्टी बाँधी धर्ना सुरू गरेका छन् ।

प्राधिकरण मधेश प्रदेश, प्रादेशिक कार्यलयले चैत ९ गतेदेखि १५ गतेसम्म धर्ना तथा घेराउ कार्यक्रमलाई निरन्तरता दिँदै युनियनको सहमतिअनुसार यस कार्यक्रमलाइ थप प्रभावकारी बनाउन उक्त धर्ना कार्यक्रमलाई २०७९ चैत १३ गतेदेखि १५ गते बिहान १० बजेदेखि १२ बजेसम्म केन्द्रमा कार्यरत इकाई प्रदेश तथा केन्द्रका पदाधिकारीहरू एवं सदस्यहरू समेतले कार्यालय प्रमुखको कार्यकक्षमा आ-आफ्नो मातहतमा कालो पट्टी बाँधी धर्ना तथा घेराउ कार्यक्रम गर्नेे जनाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit