images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ बुटवल–लमही प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले  १ सय ६० किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाएकाे हाे ।

लुम्बिनी प्रदेश नबलपरासी सुस्ता पश्चिम जिल्लामा रहेको नयाँ बुटबल सबस्टेसन (भूमही) देखि रुपन्देही, कपिलवस्तु जिल्लाको मोतिपुर सबस्टेसन, अर्घाखाँची हुँदै दाङको लमही सबस्टेसनसम्मको लाइन निर्माण प्रक्रिया अघि बढाएको हो ।

प्रसारण लाइन नबलपरासीको सुनवल, रुपन्देहीको देवदह, सैनामैना, बुटबल उपमहानगरपालिका, कपिलवस्तुको बाणगंगा, बुद्धभुमी, शिवराज नगरपालिका, अर्घाखाँचीको शीतगंगा नगरपालिका र दाङको गढवा, राप्ती सोनारी गाउँपालिका र लमही नगरपालिकासम्म प्रस्ताव गरिएको छ ।

आयोजनाले प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन तयारी गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit